काठमाडौँ: १६५ निर्वाचन क्षेत्रका लागि बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको शनिबार बिहानसम्म २७ क्षेत्रको नतिजा सार्वजनिक भएको छ। नतिजा घोषणा भएका २७ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० सिट जितेको छ। बाँकी ५ सिट नेपाली कांग्रेसले जित्दा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले १/१ ठाउँमा जितेको छ।
बाँकी केही क्षेत्रको मतगणना सकिए पनि घोषणा हुन बाँकी छ। मतगणना जारी रहेका क्षेत्रहरूमा पनि रास्वपाको अग्रता छ। कतिपय ठाउँमा दोब्बरभन्दा बढी मतले रास्वपाले लिड गरिरहेको छ। मतगणना चलिरहेका क्षेत्रहरूमध्ये ९३ ठाउँमा रास्वपा अगाडि छ। कांग्रेस ९, एमाले ११ र नेकपा १० ठाउँमा अगाडि छ।
यसैगरी श्रम संस्कृति पार्टीले ५, राप्रपा र एक ठाउँमा म्याग्दीमा त्रिभुज चिह्नबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन अगाडि छन्।
रास्वपाले जितेका सिट
१. रवि लामिछाने (चितवन–२)
२. रञ्जु दर्शना (काठमाडौँ–१)
३. खगेन्द्र सुनार (बाँके–३)
४. धनञ्जय रेग्मी (स्याङ्जा–१)
५. रुबिना आचार्य (मोरङ–६)
६. सुनिल केसी (काठमाडौँ–२)
७. सन्तोष राजवंशी (मोरङ–४)
८. राजुनाथ पाण्डे (काठमाडौँ–३)
९. पुकार बम (काठमाडौँ–४)
१०. सस्मित पोखरेल (काठमाडौँ–५)
११. गणेश पराजुली (काठमाडौँ–७)
१२. विराजभक्त श्रेष्ठ (काठमाडौँ–८)
१३. डोलप्रसाद अर्याल (काठमाडौँ–९)
१४. प्रदीप विष्ट (काठमाडौँ–१०)
१५. उत्तमप्रसाद पौडेल (कास्की–२)
१६. बिना गुरुङ (कास्की–३)
१७. कन्हैया बानियाँ (रुपन्देही–४)
१८. सुरेशकुमार चौधरी (बाँके–१)
१९. मनिष झा (धनुषा–३)
२०. प्रमोदकुमार महतो (महोत्तरी–१)
कांग्रेसले जितेका सिट
१. टेकबहादुर गुरुङ (मनाङ–१)
२. योगेश गौचन थकाली (मुस्ताङ–१)
३. वासना थापा (दैलेख–१)
४. सन्तोष सुब्बा (तेह्रथुम–१)
५. मोहन आचार्य (रसुवा–१)
नेकपाले जितेको सिट
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ (रुकुमपूर्व–१)
एमालेले जितेको सिट
१. मोहम्मद इश्तियाक राई (बाँके–२)


