काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। यसैबीच सुनसरी १ बाट धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङ भारी मतान्तरले विजयी भएका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका हुन्।
साम्पाङले ३५ हजार ७४१ मत ल्याउँदा तामाङले २७ हजार २४९ मत प्राप्त गरे।


