काठमाडौँ: फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजापछि समानुपातिकतर्फको मतगणना पनि सकिएको छ।
प्रत्यक्षतर्फको मतपरिणामअनुसार रास्वपा एक्लैले १६५ मध्ये १२५ सिट जितेको छ भने नेपाली कांग्रेस १८ सिटसहित दोस्रो स्थानमा छ। नेकपा एमालेले ९ सिट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ सिट, श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिटमा जित हासिल गरेका छन्। म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।
समानुतपातिकतर्फ पनि रास्वपाले नै सबैभन्दा बढी मत प्राप्त गरेको छ। कुल एक करोड ७ लाख ११५ मत सदर हुँदा रास्वपाले (४७.८६ प्रतिशत अर्थात ५१ लाख ३९ हजार २३५ मत प्राप्त गरेको छ। यस्तै कांग्रेसले १७ लाख ४९ हजार ५८३ (१६.२९ प्रतिशत), एमालेले १४ लाख ४८ हजार ८५४ (१३.४९ प्रतिशत), नेकपाले ८ लाख ५ हजार ७७३ (७.५० प्रतिशत), श्रम संस्कृतिले ३ लाख ७८ हजार ६४९ (३.५३ प्रतिशत) र राप्रपाले ३२९४७२ (३.०७ प्रतिशत) मत प्राप्त गरेका छन्। अन्य दलहरूले थ्रेसहोल्ड अर्थात् ३ प्रतिशत मत पुर्याउन सकेनन्। यससँगै संसद्मा ६ दलको प्रतिनिधित्व हुने भएको छ।
तीन प्रतिशत थ्रेसहोल्ड कटाएका ६ दलले प्राप्त गरेको कुल मत ९८ लाख ५१ हजार ५६६ रहेको छ। यसलाई समानुपातिकतर्फका ११० सिटले भाग गर्दा ८९ हजार ५६० मतको भाजक निर्धारण हुन्छ। सोही भाजकका आधारमा दलले पाएको मतलाई भाग गरेर पहिलो चरणको सिट बाँडफाँट गरिन्छ। यस क्रममा रास्वपाले ५७, कांग्रेसले १९, एमालेले १६, नेकपाले ८, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ३ सिट पाउँछन्, जसको योग १०७ हुन्छ। बाँकी ३ सिट भने पहिलो चरणपछि सबैभन्दा बढी मत बाँकी रहेका दललाई क्रमशः एक–एक गरी प्रदान गरिन्छ।
यसरी हेर्दा रास्वपा ५७ सिट प्राप्त गर्ने देखिन्छ। प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरेर रास्वपाको १८२ सिट पुग्छ। तर दुईतिहाइका लागि १८४ सिट आवश्यक पर्ने भएकाले त्यो नपुग्ने देखिएको छ।
समानुपातिकतर्फ नेपाली कांग्रेस २० सिट, नेकपा एमाले १६ सिट, नेकपा) ९ सिट, श्रम संस्कृति पार्टी ४ सिट र राप्रपा ४ सिट जित्ने देखिन्छ।
यसरी अब बन्ने संसद्मा कुल २७५ मध्ये रास्वपा १८२ सिट, कांग्रेस ३८ सिट, एमाले २४ सिट, नेकपा १६ सिट, श्रम संस्कृति ७ सिट राप्रपा ५ सिटको बन्ने देखिन्छ। बाँकी १ स्वतन्त्र गरेर यसरी १७३ सिट पुगेकोमा थ्रेस होल्ड नकटाएका दलहरूको समानुपातिक भोट बाँड्ने क्रममा दुवै सिट रास्वपाल पाउने सम्भावना नरहेकाले रास्वपाको भागबण्डाबाट थप एक सिट प्राप्त भए पनि बहुमत नपुग्ने देखिएको छ।
प्रत्यक्षतर्फ रास्वपाले जितेका ठाउँहरू
१. ज्ञानेन्द्र सिंह महता — कञ्चनपुर–३
२. दिपक राज बोहरा — कञ्चनपुर–२
३. जनक सिंह धामी — कञ्चनपुर–१
४. आनन्द बहादुर चन्द — कैलाली–५
५. खेम राज कोइराला — कैलाली–४
६. जगत प्रसाद जोशी — कैलाली–३
७. के.पी. खनाल — कैलाली–२
८. कोमल ज्ञवाली — कैलाली–१
९. हरि मोहन भण्डारी — बैतडी–१
१०. तारा प्रसाद जोशी — डडेलधुरा–१
११. रमेश कुमार सापकोटा — सुर्खेत–२
१२. मोहन लाल आचार्य — कपिलवस्तु–१
१३. विक्रम थापा — कपिलबस्तु–२
१४. हरी प्रसाद भुसाल — अर्घाखाँची–१
१५. सागर ढकाल — गुल्मी–१
१६. गोविन्द पन्थी — गुल्मी–२
१७. सुशान्त वैदिक — प्यूठान–१
१८. कमल सुबेदी — दाङ–३
१९. विपिन कुमार आचार्य — दाङ–२
२०. देवराज पाठक — दाङ–१
२१. सुरेश कुमार चौधरी — बाँके–१
२२. खगेन्द्र सुनार — बाँके–३
२३. ठाकुर सिंह थारु — बर्दिया–१
२४. श्रीधर पोख्रेल — बर्दिया–२
२५. डा. लेखजंग थापा — रूपन्देही–३
२६. सुलभ खरेल — रूपन्देही–२
२७. सुनिल लम्साल — रूपन्देही–१
२८. तौफिक अहमद खान — रूपन्देही–५
२९. कन्हैया बनिया — रूपन्देही–४
३०. खडक राज पौडेल — कास्की–१
३१. उत्तम प्रसाद पौडेल — कास्की–२
३२. बिना गुरुङ — कास्की–३
३३. धर्म राज के.सी. — लमजुङ–१
३४. सुधन गुरुङ — गोरखा–१
३५. कविन्द्र बुर्लाकोटी — गोरखा–२
३६. धनन्जय रेग्मी — स्याङजा–१
३७. झवि लाल डुम्रे — स्याङजा–२
३८. माधव बहादुर थापा — पाल्पा–२
३९. सागर भुसाल — पर्वत–१
४०. सुशील खड्का — बाग्लुङ–१
४१. सोम शर्मा — बाग्लुङ–२
४२. स्वर्णिम वाग्ले — तनहुँ–१
४३. श्रीराम न्यौपाने — तनहुँ–२
४४. आसिका तामाङ — धादिङ–१
४५. बोध नारायण श्रेष्ठ — धादिङ–२
४६. अचुत्तम लामिछाने — नुवाकोट–२
४७. विक्रम तिमिल्सिना — नुवाकोट–१
४८. मधु कुमार चौलागाई — काभ्रेपलाञ्चोक–१
४९. बदन कुमार भण्डारी — काभ्रेपलाञ्चोक–२
५०. बुद्ध रत्न महर्जन — ललितपुर–१
५१. जगदिश खरेल — ललितपुर–२
५२. तोसीमा कार्की — ललितपुर–३
५३. रन्जु न्यौपाने — काठमाडौं–१
५४. सुनिल के.सी. — काठमाडौं–२
५५. राजु नाथ पाण्डे — काठमाडौं–३
५६. पुकार बम — काठमाडौं–४
५७. सस्मित पोखरेल — काठमाडौं–५
५८. शिशिर खनाल — काठमाडौं–६
५९. गणेश पराजुली — काठमाडौं–७
६०. विराज भक्त श्रेष्ठ — काठमाडौं–८
६१. डोल प्रसाद अर्याल — काठमाडौं–९
६२. प्रदिप विष्ट — काठमाडौं–१०
६३. रुकेश रन्जित — भक्तपुर–१
६४. राजीव खत्री — भक्तपुर–२
६५. जगदीश खरेल — दोलखा–१
६६. कृष्ण हरी बुढाथोकी — रामेछाप–१
६७. भरत प्रसाद पराजुली — सिन्धुपाल्चोक–१
६८. आशिष गजुरेल — सिन्धुली–२
६९. धनेन्द्र कार्की — सिन्धुली–१
७०. प्रकाश गौतम — मकवानपुर–१
७१. प्रशान्त उप्रेती — मकवानपुर–२
७२. सुशील कुमार कानु — पर्सा–२
७३. रामाकान्त प्रसाद चौरसिया — पर्सा–३
७४. टेक बहादुर शाक्य — पर्सा–४
७५. बुद्धि प्रसाद पन्त — पर्सा–१
७६. चन्दन कुमार सिंह — बारा–२
७७. अरविन्द साह — बारा–३
७८. रहवर अंसारी — बारा–४
७९. गणेश धिमाल — बारा–१
८०. राजेश कुमार चौधरी — रौतहट–१
८१. रविन्द्र पटेल — रौतहट–३
८२. गणेश पौडेल — रौतहट–४
८३. अमरेश कुमार सिंह — सर्लाही–४
८४. नरेन्द्र साह कलवार — सर्लाही–३
८५. रबिन महतो — सर्लाही–२
८६. नितिमा भण्डारी (कार्की) — सर्लाही–१
८७. प्रमोद कुमार महतो — महोत्तरी–१
८८. दिपक कुमार साह — महोत्तरी–२
८९. उज्ज्वल कुमार झा — महोत्तरी–३
९०. गौरी कुमारी — महोत्तरी–४
९१. मनिष झा — धनुषा–३
९२. राम विनोद यादव — धनुषा–२
९३. राज किशोर महतो — धनुषा–४
९४. बब्लु गुप्ता — सिराहा–१
९५. शिव शंकर यादव — सिराहा–२
९६. शम्भु कुमार यादव — सिराहा–३
९७. तपेश्वर यादव — सिराहा–४
९८. पुष्पा कुमारी चौधरी — सप्तरी–१
९९. रामजी यादव — सप्तरी–२
१००. अमर कान्त चौधरी — सप्तरी–३
१०१. सिताराम साह — सप्तरी–४
१०२. पारश मणि गेलाल — उदयपुर–१
१०३. सुर्य बहादुर तामाङ — उदयपुर–२
१०४. विश्व राज पोखरेल — ओखलढुंगा–१
१०५. यज्ञमणि न्यौपाने — मोरङ–१
१०६. कृष्ण कुमार कार्की — मोरङ–२
१०७. गणेश कार्की — मोरङ–३
१०८. सन्तोष राजवंशी — मोरङ–४
१०९. आशा झा — मोरङ–५
११०. रुबिना आचार्य — मोरङ–६
१११. लाल बिक्रम थापा — सुनसरी–२
११२. अशोक कुमार चौधरी — सुनसरी–३
११३. दीपक कुमार साह — सुनसरी–४
११४. वालेन्द्र शाह — झापा–५
११५. इन्दिरा राना मगर — झापा–२
११६. निशा डाँगी — झापा–१
११७. प्रकाश पाठक — झापा–३
११८. शम्भु प्रसाद ढकाल — झापा–४
११९. राजन गौतम — नवलपरासी (पू.)–१
१२०. मनिष खनाल — नवलपरासी (पू.)–२
१२१. विक्रम खनाल — नवलपरासी (प.)–१
१२२. नरेन्द्र कुमार गुप्ता — नवलपरासी (प.)–२
१२३. हरि ढकाल — चितवन–१
१२४. रवि लामिछाने — चितवन–२
१२५. सोविता गौतम — चितवन–३
कांग्रेसले जितेका १८ सिट
१. मो. फिरदोस आलम — रौतहट–२
२. विष्णु बहादुर खड्का — सुर्खेत–१
३. अभिषेक प्रताप शाह — कपिलवस्तु–३
४. खड्क बहादुर बुढा — जाजरकोट–१
५. सन्दीप राना — पाल्पा–१
६. नरेन्द्र कुमार केरुङ — पाँचथर–१
७. जनक राज गिरी — बाजुरा–१
८. भरत बहादुर खड्का — डोटी–१
९. निश्कल राई — इलाम–१
१०. प्रकाश सिंह कार्की — सोलुखुम्बु–१
११. बासना थापा — दैलेख–१
१२. सन्तोष सुब्बा — तेह्रथुम–१
१३. भरत कुमार स्वार — अछाम–१
१४. मोहन आचार्य — रसुवा–१
१५. जयपति रोकाया — हुम्ला–१
१६. खड्ग शाही — मुगु–१
१७. योगेश गौचन थकाली — मुस्ताङ–१
१८. टेक बहादुर गुरुङ — मनाङ–१
एमालेले जितेका ९ सिट
१. मोहम्मद इस्तियाक राई — बाँके–२
२. सुहाङ नेम्वाङ — इलाम–२
३. गणेश सिंह ठगुन्ना — दार्चुला–१
४. ऐन बहादुर महर — बझाङ–१
५. राजेन्द्र कुमार राई — धनकुटा–१
६. अर्जुन कुमार कार्की — सङ्खुवासभा–१
७. क्षितिज थेवे — ताप्लेजुङ–१
८. लक्ष्मी प्रसाद पोखरेल — दैलेख–२
९. यज्ञ बहादुर बोगटी — अछाम–२
नेकपाले जितेका ७ सिट
१. वर्षमान पुन — रोल्पा
२. रमेश कुमार मल्ल — सल्यान
३. युवराज दुलाल — सिन्धुपाल्चोक–२
४. महेन्द्र बहादुर शाही — कालीकोट
५. पुष्पकमल दाहाल प्रचण्ड — रुकुम पूर्व
६. गोपाल शर्मा — रुकुम पश्चिम
७. धनबहादुर बुढा — डोल्पा
श्रम संस्कृतिले जितेका तीन सिट
१. हर्क साम्पाङ– सुनसरी–१
२. आरेन राई– खोटाङ
३. ध्रुवराज राई– भोजपुर
राप्रपा
१. ज्ञानेन्द्र शाही– जुम्ला
स्वतन्त्र
महावीर पुन– म्याग्दी


