२०८३ कार्तिक १२ गते बुधबार

युट्युबमा हेर्नुहोस् यी ६ फिल्म, जसले आमिर खानलाई मिस्टर परफेक्सनिस्ट बनाए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १
amir

काठमाडौँ: बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ अर्थात् आमिर खान आजदेखि ६१ वर्षमा प्रवेश गरेका छन्। फिल्ममा आफ्नो भूमिकालाई अत्यन्तै गहिरो रूपमा अध्ययन गरेर काम गर्ने शैली अपनाएकाले बलिउडमा उनलाई ‘मिस्टर परफेक्सनिस्ट’को उपनामले चिन्ने गरिन्छ।

तीन दशकभन्दा लामो फिल्मी करियरमा उनले केवल मनोरञ्जन मात्र दिएनन्। बरु सामाजिक मुद्दा र गहिरो भावनात्मक कथालाई पर्दामार्फत जनतासम्म पुर्‍याउन योगदान गरे। आमिरको जन्मदिनको अवसरमा उनका ती पाँच फिल्महरूको चर्चा अहिले व्यापक छ, जसले उनलाई बलिउडको एक निर्विकल्प सुपरस्टारका रूपमा स्थापित गरे।

कयामत से कयामत तक
सन् १९८८ मा प्रदर्शन भएको यो फिल्मले आमिरलाई बलिउडमा मुख्य नायकको रूपमा जन्म दिएको थियो। मन्सुर खानद्वारा निर्देशित यस दुखान्त प्रेमकथामा आमिर र जुही चावलाको जोडीलाई दर्शकले निकै रुचाएका थिए।

अन्दाज अपना अपना
सुरुवातमा बक्स अफिसमा औसत व्यापार गरे पनि यो फिल्म पछि गएर बलिउडको ‘कल्ट क्लासिक’ बन्यो। सलमान खान र आमिर खानको हास्यपूर्ण जुगलबन्दी रहेको यो फिल्म आज पनि दर्शकहरूलाई उत्तिकै हँसाउन सफल छ।

लगान
ग्रामीण भारतको कथा र क्रिकेटको माध्यमबाट राष्ट्रवादको भावना जगाउने यो फिल्म आमिरको करियरको सबैभन्दा महत्त्वाकांक्षी प्रोजेक्ट मानिन्छ। यसले ओस्कारमा उत्कृष्ट विदेशी भाषाको फिल्मको श्रेणीमा मनोनयन पाएर अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको थियो।

दिल चाहता है
फराहन अख्तरको निर्देशनमा बनेको यो फिल्मले बलिउडमा मित्रता र आधुनिक सम्बन्धलाई हेर्ने दृष्टिकोण नै बदलिदियो। तीन साथीको जीवन र प्रेममा आधारित यस फिल्मले तत्कालीन युवा पुस्तामा ठूलो प्रभाव पारेको थियो।

रङ्ग दे वसन्ती
देशभक्ति र युवा चेतनाको कथा बोकेको यस फिल्ममा आमिरले ‘डीजे’ को भूमिका निभाएका छन्। स्वतन्त्रता सेनानीहरूको कथालाई आधुनिक परिवेशसँग जोडेर सामाजिक परिवर्तनको सन्देश दिने यो फिल्म आमिरको करियरको अर्को एउटा कोशेढुङ्गा साबित भयो।

थ्रि इडियट
उनले अभिनय गरेको अर्को चर्चित फिल्म थ्रि इडियट हो। राजकुमार हिरानीको निर्देशनमा बनेको यो फिल्म सन् २००९ मा प्रदर्शनमा आएको थियो र प्रदर्शनपछि तत्कालै ठूलो व्यावसायिक सफलता हासिल गरेको थियो।

यस फिल्ममा आमिर खानले ‘रणछोडदास श्यामलदास चांचड (रान्चो)’ नामक पात्रको भूमिका निभाएका छन्। फिल्मको कथा तीन इन्जिनियरिङ विद्यार्थीको जीवन, मित्रता, शिक्षा प्रणालीको दबाब र सपनाको खोजी वरिपरि घुम्छ। यसमा आमिरसँगै करिना कपुर, आर. माधवन र शर्मन जोशीले मुख्य भूमिका निभाएका छन्।

यो फिल्म भारतीय शिक्षा प्रणालीमा हुने अत्यधिक प्रतिस्पर्धा, अंकको दबाब र सिर्जनात्मक सोचलाई दबाउने प्रवृत्तिमाथि व्यंग्य गर्दै सकारात्मक सन्देश दिन सफल भएको थियो। यो फिल्म त्यस समयको सबैभन्दा धेरै कमाइ गर्ने बलिउड फिल्ममध्ये एक बनेको थियो र विश्वभर दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो। फिल्मले मनोरञ्जनसँगै शिक्षाप्रणाली र युवाको सपनाबारे महत्वपूर्ण बहससमेत सिर्जना गरेको मानिन्छ।

प्रकाशित: २०८२ चैत १ गते आईतबार ११:०७
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना