रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै उनले त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताए।
उनले भने, ‘अहिले हाम्रो स्थिति लगभग दुईतिहाई छ। १८४ सिट प्राविधिक कारणले पुगेन। एक दुई सिटबारे स्पष्ट हुँदै जाला। तर पपुलर भोटका हिसाबले हामीले ५१ लाख अर्थात ४८ प्रतिशत भोट हासिल गरेका छौँ। यो जनादेश, मतादेश जे भने पनि असाध्यै गरुङ्गो वैधता लिएका छौँ र त्यसलाई सम्हालेर वा जोगाएर यो आशा भरोसालाई निभाएर त्यो ऐतिहासिक बोध हामीले लिनुपर्छ।’
उनले सांसदको मूख्य भूमिका कानुन बनाउने भएपनि आफ्ना निर्वाचित क्षेत्रका जनताका गुनासा सुन्ने र सरकारलाई खवरदारी गर्नु रहेको बताए।
‘हामी विधायक सांसदको भूमिकामा छौँ, सांसदको मूल काम के हो? के गर्ने हुने? के गर्न नहुने ? सहायक काम के हो? बुझ्न जरुरी छ विज्ञहरुले प्रष्ट पार्नुहुन्छ, मूल काम हामी कानुन बनाउन आएको हौँ र सरकारको कामको समीक्षा, अनुगमन, निगरानी गर्ने वाच डग हौँ, हाम्रै सरकार बनेपनि औँला उठाउनु, खबरदारी गर्नुपर्छ। आफ्ना निर्वाचित क्षेत्रका जनताका गुनासा सुन्नुपर्छ र उहाँहरूको मुद्दाहरू बुलन्द रुपमा उठाउनुपर्छ,’ उनले भने।







