२०८३ कार्तिक १२ गते बुधबार

हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ९
strait-of-hormuz

एजेन्सी। अमेरिका र इजरायलसँगको द्वन्द्व चौथो हप्तामा प्रवेश गरेसँगै इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने धम्की दिएको छ। इरानी सशस्त्र बलको मुख्यालयले यदि अमेरिकाले इरानको ऊर्जा सुविधाहरूमा बमबारी गरेमा प्रतिशोधस्वरुप जलसन्धि बन्द गर्ने चेतावनी दिएको हो।

इरानी संसदका सभामुख मोहम्मद बाकर कालीबाफले अमेरिकालाई चेतावनी दिँदै यदि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण भएमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य बजेट लगानी गर्ने वित्तीय संस्थाहरू र पूर्वाधारहरूलाई वैध निशाना बनाइने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन,‘हाम्रो ऊर्जा केन्द्रमा प्रहार भएमा यस क्षेत्रका सबै तेल र ऊर्जा सुविधाहरू नष्ट गरिनेछ र तेलको मूल्य लामो समयसम्म उच्च रहनेछ।’

उनले अमेरिकी ट्रेजरी बन्ड खरिद गर्नेहरूलाई समेत सचेत गराउँदै ती क्षेत्रमा निगरानी गरिरहेको उल्लेख गरेका छन्। यसअघि अमेरिकी राष्ट्रपतिले ४८ घण्टाभित्र हर्मुज जलसन्धि ढुवानीका लागि नखुलाइए इरानी पूर्वाधारमा बमबारी गर्ने चेतावनी दिएका थिए। अमेरिकी सेन्ट्रकमले अन्तर्राष्ट्रिय जहाज सञ्चालनमा बाधा पुर्याउने इरानी नौसैनिक लक्ष्यहरूलाई नष्ट गरिरहेको जनाएको छ।

यसैबीच, इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार तेहरानका विभिन्न रणनीतिक स्थानहरूमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। आईडीएफका अनुसार तेहरानमा रहेका सैन्य तालिम केन्द्र, मिसाइल भण्डारण गृह, हतियार उत्पादन स्थल र गुप्तचर मन्त्रालयको मुख्यालयमा क्षति पुर्याएको छ।

इरानले इजरायलमा गरेको पछिल्लो ब्यालिस्टिक मिसाइल आक्रमणका कारण मध्य इजरायलमा १५ जना घाइते भएका छन् भने कैयौं घर र सडकमा क्षति पुगेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई ‘सभ्यता र स्वतन्त्र विश्वको शत्रु’को संज्ञा दिँदै अमेरिका र इजरायलले इरानी आतंकवादी शासनविरुद्ध कडा शक्ति प्रयोग गरिरहने बताएका छन्।

पछिल्लो समय विकसित यी घटनाक्रमले मध्यपूर्वमा ठूलो युद्धको खतरा बढाइदिएको छ, जसले विश्वको ऊर्जा आपूर्ति र आर्थिक स्थिरतामा गम्भीर असर पार्ने देखिएको छ।
विश्वको २० प्रतिशत भन्दा बढी कच्चा तेल यही जलमार्गबाट आपूर्ति हुने गरेको छ।

यदी यो मार्ग बन्द भएमा भारत, चीन, थाइल्यान्ड, जापान र कोरियालगायत एसियाली मुलुकहरुलाई ठूलो असर पर्ने बताइएको छ। हर्मुजमा भएको गतिविधिले विश्वमा कच्चा तेल र ग्यास आपूर्तिमा ठूलो असर परेको छ भने मूल्य पनि आकासिएको छ।

प्रकाशित: २०८२ चैत ९ गते सोमबार १०:३७
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना