काठमाडौं। देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नियुक्त भएका छन्। शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
उनी मधेशी समुदायबाट पहिलो प्रधानमन्त्री बनेका छन्।
आजै दिउँसो १२ः३४ बजे उनले पद तथा गोपनीयताको शपथ लिँदै छन्। राष्ट्रपति पौडेलले शीतलनिवासमा एक समारोहबीच उनलाई शपथ गराउनेछन्।


