काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्। शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई मुलुकको ४३औँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका हुन्। १२:३४ उनको शपथ ग्रहण कार्यक्रम हुँदैछ।
यसैबीच रास्वपाले प्रधानमन्त्रीसहित ९ मन्त्रीको नाम टुंग्याएको छ। स्रोतका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्ले र उद्योगमन्त्री अमरेश सिंह उद्योगमन्त्री बन्ने पक्का भएको छ।
यस्तै परराष्ट्रमन्त्री शिशिर खनाल, गृहमन्त्री सुदन गुरुङ, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पर्यटनमन्त्री गणेश पौडेल र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र कृषिमन्त्रीमा गीता चौधरीको नाम प्रस्ताव गरिएको छ।
यस्तै ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठको नाम प्रस्ताव गरिएको छ।


