काठमाडौँ: युवा पुस्तामाझ लोकप्रिय भई र्याप गीत पृष्ठभूमिबाट उदाएका बालेन्द्र शाह मुलुकको ४३औँ प्रधानमन्त्री बनेका छन्। ३६ वर्षीय बालेन गणतन्त्र स्थापनापछिका कान्छा प्रधानमन्त्री हुन्। नेपालको संवधान बनेयता संविधानको धारा ७६(१) अनुसार शपथ ग्रहण गर्ने पनि उनी पहिलो प्रधानमन्त्री हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा १८२ सिटसहित पहिलो शक्ति बनाउँदै जनताले दिएको म्यान्डेटसँगै बालेन बलियो एकल बहुमतको सरकारको नेतृत्वमा पुगेका हुन्।
को हुन् बालेन?
जन्म: १९९० अप्रिल ७
स्थान: काठमाडौँको नरदेवी
बुवा: डा. रामनारायण शाह (आयुर्वेद चिकित्सक)
आमा: ध्रुवदेवी शाह
पुर्ख्यौली घर: महोत्तरी, एकडारा
पत्नी: सविना काफ्ले (नर्स तथा मोडेल)
एक छोरीका पिता
शिक्षा र पेशा
हिमालयन ह्वाइटहाउस कलेजबाट सिभिल इन्जिनियरिङ
भारत, बैंगलुरुस्थित विश्वेश्वरैया प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर
भूकम्पपछिको पुनर्निर्माणमा सक्रिय भूमिका (३५ जिल्ला भ्रमण)
कन्स्ट्रक्सन र कन्सल्टिङ व्यवसाय सञ्चालन
गायक
२०६९ मा र्यापरका रूपमा उदय
पहिलो रेकर्डेड गीत: सडक बालक
र्याप ब्याटलमार्फत युवामाझ लोकप्रिय
चर्चित गीतहरू:
–म नेपाल हाँसेको हेर्न चाहन्छु
–गरिबीको चमेली
–मार्फाको मदिरा
–महाकाली
कृति
अश्र (कविता किताब)
राजनीतिक जीवन
२०७९ मा काठमाडौँ महानगरको मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित
प्राप्त मत: ६१,७६७
मतान्तर: २३,४२६
प्रमुख कामहरू:
अवैध संरचना हटाउने ‘डोजर अभियान’
फुटपाथ विस्तार
टुकुचा खोलाको उत्खनन
न्युरोड र दरबारमार्गसहितका स्थानको पार्किङ हटाउने काम
अवैध संरचना हटाउने काम
शिक्षा र स्वास्थ्यमा अनिवार्य विपन्नलाई नि:शुल्क सेवा
फुटपाथ व्यवसायमा कडाइ
कार्यपालिका बैठक लाइभ
विपन्नका लागि ५३ अस्पतालमा निःशुल्क उपचार
राष्ट्रिय राजनीतिमा प्रवेश
२०८२ भदौ २३–२४ को आन्दोलनपछि राष्ट्रिय नेतृत्वमा उक्लिने आधार तर अन्तरिम प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार
दलगत राजनीति
पुस १३ गते रास्वपा प्रवेश
रवि लामिछानेसँग ७ बुँदे सहमति
झापा–५ बाट उम्मेदवारी
माघ ४ गते मेयर पदबाट राजीनामा
फागुन २१ — ऐतिहासिक निर्वाचन
रास्वपा १८२ सिटसहित पहिलो दल
झापा–५ बाट भारी मतान्तरले विजय
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित (करिब ५० हजार मतान्तर)
नेतृत्व शैली
छोटो, स्पष्ट र प्रभावकारी अभिव्यक्ति
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्ने शैली
कम बोल्ने तर प्रभावशाली उपस्थिति
जोखिम लिने
कठोर शहरी व्यवस्थापन नीति
सांस्कृतिक र सामाजिक दृष्टि
देशभरका भाषा, संस्कृति र परम्पराप्रति सम्मान
नेवारी, लिम्बू लगायतका पहिचानलाई सार्वजनिक रूपमा आत्मसात
सांसदको शपथ ग्रहणमा ‘सिलाम साक्मा’ को प्रयोग


