काठमाडौँ: पूर्वगृहमन्त्री रमेश लेखकपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिन अस्वीकार गरेको छ। उनलाई थुनामुक्त गर्न मागसहित पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
न्यायाधीश मेघराज पोखरेलको इजलासमा उक्त रिटमाथि भएको सुनुवाइपछि इजलासले ओलीलाई पक्राउ गर्नुको कारण सोधेको छ।
पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान प्रहरीले निवासबाटै पक्राउ गरेको थियो।
आइतबार लेखकलाई प्रत्यक्ष र स्वास्थ्य समस्यका कारण ओलीलाई भर्चुअल रूपमा जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएकोमा अदालतले ५ दिन म्याद थपेर थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो।
लेखकका तर्फबाट पत्नी यशोदा लेखकले बन्दी रिट दायर गरेकी थिइन्।


