काठमाडौँ: गत फागुन २१ गतेको निर्वाचनपछि बनेको प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बिहीबार दिउँसो २ बजेदेखि सिंहदबरबारस्थित प्रतिनिधिसभा भवनको अस्थायी हलमा बैठक सुरु भएको हो।
बैठकमा ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, कांग्रेसबाट सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ।
यस्तै नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जानकारी दिएको छ।


