२०८३ कार्तिक १४ गते शुक्रबार

संसदमा कांग्रेसको प्रश्न: भदौ २४ को घटनाबारे अनुसन्धान गर्न भ्याइएन भन्ने कस्तो तरिका हो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १९
photo_60be864c (1)

काठमाडौँ: नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै राष्ट्रिय एकता र लोकतन्त्रप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै दल भिन्न भए पनि देश एउटै भएकाले कसैले देशमा रगत बगाउन नपरोस् भन्ने संकल्प गर्नुपर्ने बताए।

उनले भने, ‘डुबे सबै डुब्छौं, उठे सबै उठ्छौं। र सँगै उठ्छौं। दल भिन्न होला तर देश एउटै हो। संकल्प गरौं अब कसैले रगत बगाउन नपरोस्। फागुन २१ को निर्वाचनमा उत्साहका साथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपालीहरूले लोकतन्त्रप्रतिको बलियो निष्ठा प्रकट गर्नु भएको छ।’

आङ्देम्बेले कांग्रेसको इतिहास र नेतृत्व क्षमतामा गर्व व्यक्त गर्दै विपक्षी दलसँग सहकार्यको भावना व्यक्त गरे। ‘कुनै बेला कांग्रेसले अपनाएको बाटोमा विपक्षमा खरो उभिएर अब दलहरूबाट देश चल्दैन भन्ने मित्रहरू पनि नयाँ दल खोलेर सबैभन्दा ठूलो दल बनेर यहीँ संसदमा हुनुहुन्छ। नेपाली कांग्रेस निर्वाचनबाट दोस्रो दल बनेपनि पार्टीले बोकेको सिद्धान्त, विचार र बाटो अझ सबल र सफल बनेको छ,’ उनले भने।

सांसदले कांग्रेसको निरन्तरतामा आधारित दृष्टिकोण र जिम्मेवार प्रतिपक्षको भूमिकामा जोड दिए। उनले हरेक कालखण्डमा परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको र अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्याएको बताए।

‘हरेक कालखण्डमा कि त हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आयो कि त अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्यायो। त्यस हिसाबले कांग्रेस जेनजी विद्रोहले उठाएको मुद्दालाई पनि निष्कर्षमा पुर्याउन प्रतिबद्ध छ। एक जिम्मेवार प्रतिपक्षी दलको रूपमा यो परिवर्तनलाई साथ दिन र खबरदारी गर्न कांग्रेस प्रतिवद्ध छ। परिवर्तनको स्वर र भावनालाई आत्मसात गरेर नेपाली कांग्रेसको विशेष महाधिवेशनले विभिन्न दृष्टिकोण पारित गरेको स्मरण गर्न चाहन्छु,’ उनले भने।

उनले भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपछि गरिएको छानविन आयोगको प्रतिवेदनप्रति लक्षित गर्दै प्रश्न समेत गरे। उनले भने,‘आज हामी जहाँ यो बैठक बसिरहेका छौं यो हाम्रो संसद भवन होईन। हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो। यो बेला त्यो खरानीलाई सम्झौं, अनि संकल्प गरौं यसरी काम गरौं ताकी भविस्यमा यो देशलाई खरानी बनाउन कोहि अघि नसरुन्।

किन खरानी भयो संसद भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेकौँ भौतिक संरचना ? म सभामुख महोदय सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ।’ उनले भदौ २३ गतेको घटना देख्ने २४ को नदेख्ने अनि कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने भन्दै प्रश्न गरे।

‘कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने। कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने। यो प्रवृत्ति एकदम गलत छ। हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले सम्म २३ गतेको घटनाको अनुसन्धान गर्‍यो, कारवाहीको सिफारिस गर्‍यो। तर २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो। यो कस्तो तरिका हो ? पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरुबाट नियतवश भएको होईन भनेर भन्न मिल्ने देखिन्न,’ उनले अगाडि भने।

उनले जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने भन्दै प्रश्न गरे। ‘यस विषयमा सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफुलाई प्रस्तुत गरोस्। काँग्रेस दोषी कोहि उम्किनुहुन्न, निर्दोष कोहि फँस्नुहुन्न भन्ने मान्यता बिगतदेखिनै बोक्दै आएको छ। यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौं,’ उनले भने।

प्रकाशित: २०८२ चैत १९ गते बिहिबार ०३:४५
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना