काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट बढाएर ७५ वर्ष पुर्याउने भन्ने हल्ला सत्य नभएको स्पष्ट पारेका छन्। शुक्रबार गण्डकी प्रदेशका सांसदहरूसँग भएको भेटमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
भेटमा प्रधानमन्त्री बालेनले वृद्धभत्तासम्बन्धी नीति परिवर्तनबारे फैलाइएका समाचारहरू गलत र भ्रामक रहेको जानकारी दिएको प्रदेश सांसद सागर भुसालले बताए।
यस्तै उक्त विषयमा सत्यता नभएको जानकारी संघीय सांसद महावीर पुनले पनि दिएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपाल सरकारले वृद्ध भत्ता पाउने उमेर ७० वर्ष बाट बढाएर ७५ वर्ष पुऱ्याउने भन्ने कुरा झुटा हल्ला मात्र भएको भन्ने जानकारी प्राप्त भएको छ।’


