२०८३ कार्तिक १२ गते बुधबार

युद्धबिरामबीच लेबनानमा इजरायलको भीषण आक्रमण: २५० को मृत्यु, फेरि बढ्यो तेलको मूल्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २६
lebnan

इरान र इजरायलबीच दुई हप्ताका लागि युद्धविरामको सहमति भएलगत्तै इजरायली सेनाले लेबनानमा शक्तिशाली हवाई आक्रमण गरेको छ। बुधबार गरिएको यस आक्रमणमा परेर एकैदिन २५० भन्दा बढी मानिसको ज्यान गएको छ। १२०० बढी घाइते भएका छन्। इरानसँगको युद्ध रोकिने आशमा रहेका मानिसहरू लेबनानमा भएको यो भीषण आक्रमणपछि पुनः त्रसित बनेका छन्।

इजरायलले बेरुत, दक्षिणी लेबनान र बेका भ्यालीका करिब १०० स्थानमा १० मिनेटभित्रै भीषण बमबारी गरेको थियो। इजरायली सेनाका अनुसार यी आक्रमणहरू हिजबुल्लाहका सैन्य मुख्यालय र कमाण्ड सेन्टरहरू लक्षित थिए। तर, स्थानीय सहायताकर्मीहरूले भने कुनै चेतावनी विना गैर–सैनिक क्षेत्रमा बम खसालिएको र यसले ठूलो मानवीय क्षति पुर्‍याएको बताएका छन्। लेबनानमा पछिल्लो ५ हप्ताको युद्धमा १५०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १२ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धविराममा लेबनान समावेश नरहेको प्रष्ट पारेका छन्। ट्रम्पले ‘हिजबुल्लाहका कारण’ लेबनानलाई यसमा नराखिएको बताएका छन्। यता, इरानको संसदका सभामुख मोहम्मद बाघेर घालिबाफले भने इजरायली आक्रमणले वार्ताको ढाँचा उल्लंघन गरेको आरोप लगाएका छन्। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि दिगो शान्तिका लागि लेबनानमा पनि युद्धविराम हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मिडियामार्फत इरानलाई कडा चेतावनी दिएका छन्। उनले इरानलाई वास्तविक सम्झौता पूर्ण रूपमा पालना गर्न भनेका छन्। ट्रम्पका अनुसार यो सम्झौताका दुई मुख्य सर्त छन्: इरानले परमाणु हतियार बनाउन नपाउने र हर्मुज जलसन्धि  सुरक्षित एवं खुला हुनुपर्ने।

ट्रम्पले चेतावनी दिँदै लेखेका छन्, ‘यदि कुनै कारणले सम्झौता पालना भएन भने, यसअघि कहिल्यै नदेखिएको स्तरको भीषण आक्रमण सुरु हुनेछ। हाम्रा सेनाहरू इरान वरिपरि तैनाथ छन् र उनीहरू अर्को विजयको प्रतीक्षामा छन्।’

यता इरानले अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य नरहने बताएको छ।

युद्धविरामको खबरसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको थियो। बुधबार सुरुमा ब्रेन्ट क्रुडको मूल्य १५ प्रतिशतले घटेर ९२ डलर प्रतिब्यारेल झरेको थियो। तर, लेबनानमा इजरायली आक्रमण जारी रहेपछि र सम्झौतामा दरार देखिन थालेपछि बिहीबार बिहानैदेखि मूल्य फेरि बढ्न थालेको छ। हाल ब्रेन्ट क्रुडको मूल्य ९६.७० डलर प्रतिब्यारेल पुगेको छ।

युद्धविरामका लागि अमेरिका र इरानका आ–आफ्नै १० बुँदे योजनाहरू सार्वजनिक भएका छन्, जसमा धेरै कुरा बाझिएका छन्। इरानले इराक, यमन र लेबनानमा पनि युद्ध रोकिनुपर्ने र प्रतिबन्धहरू पूर्ण रूपमा हट्नुपर्ने माग राखेको छ। तर, अमेरिकाले भने हर्मुज जलसन्धिको सुरक्षा र परमाणु निशस्त्रीकरणलाई मात्र आफ्नो प्राथमिकतामा राखेको छ। लेबनानमा भइरहेको आक्रमणले यो अस्थायी युद्धविराम कति समय टिक्छ भन्नेमा ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ।

प्रकाशित: २०८२ चैत २६ गते बिहिबार ११:०४
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना