२०८३ कार्तिक १२ गते बुधबार

‘परालको आगो’ मा सुन्तली बनेर आउँदै सिर्जनाः पूरानो कथामा नयाँ स्वाद

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २९
paralko_aago

काठमाडौं। नेपाली साहित्यका शिखर पुरुष गुरुप्रसाद मैनालीको कालजयी कथा ‘परालको आगो’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र आगामी वैशाख ११ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ।

यसै सन्दर्भमा चलचित्रकी मुख्य पात्र, रङ्गमञ्च तथा चलचित्र क्षेत्रकी प्रभावशाली कलाकार सिर्जना अधिकारीले चलचित्र ‘परालको आगो’ को तयारी, छायाङ्कनका अनुभव र यसले दिने सन्देशका बारेमा विस्तृत जानकारी दिँदै यो चलचित्र नेपाली सिनेमा क्षेत्रको इतिहासमा एउटा बलियो नाम भएको दाबी गरेकी छन्।

यसअघि नै निर्देशक प्रताप सुब्बाले यसै कथामा आधारित रहेर ब्ल्याक एन्ड ह्वाइट (श्वेत–श्याम) चलचित्र बनाइसकेका छन्। जुन नेपाली दर्शकको मन–मस्तिष्कमा आज पनि ताजै । कलाकार अधिकारीका अनुसार नयाँ ‘परालको आगो’ सोही कथामा आधारित भए पनि यसमा आधुनिक निर्देशनको दृष्टिकोण र केही नयाँ ‘ट्विस्ट’ हरु समावेश गरिएको छ।

उनले भनिन, ‘यो फिल्म पहिला नै सबैको मनमा बसिसकेको छ। अहिलेको चलचित्रमा निर्देशकको एउटा छुट्टै भिजन र लेखकको नयाँ शैली मिसिएको छ। पूरानो कथाको मर्मलाई नमरीकन अहिलेको समय सुहाउँदो ढङ्गले यसलाई प्रस्तुत गरिएको छ।’

हरेक दर्शकले आफूलाई भेट्ने ‘सुन्तली’ पात्र

चलचित्रमा सिर्जनाले ‘सुन्तली’ को भूमिका निर्वाह गरेकी छन्। आफ्नो पात्रका बारेमा चर्चा गर्दै उनले सुन्तली यस्तो पात्र हो जसमा हरेक व्यक्तिले आफूलाई वा आफ्नो समाजको कुनै पात्रलाई भेट्न सक्ने दाबी गरिन्। ‘सुन्तली एउटा सामान्य ग्रामीण महिलाको प्रतिनिधि पात्र हो। यो क्यारेक्टर गर्दा मलाई निकै रमाइलो लाग्यो। दर्शकले पर्दामा मलाई मात्र होइन, कतै न कतै आफैँलाई पनि देख्नुहुनेछ,’ अधिकारीले भनिन्।

उनका अनुसार सुन्तलीको भूमिका चुनौतीपूर्ण र भावनात्मक रूपमा बलियो छ । विशेषगरी श्रीमान् र श्रीमतीबिच हुने स–साना मनमुटाव र मायाको कथामा यो पात्र केन्द्रित छ।
म्याग्दीको धारापानीमा कैद गरिएको ग्रामीण सौन्दर्य

गुरुप्रसाद मैनालीको कथा पढ्दा पाठकको मनमा जुन दार्जिलिङ वा सिक्किमको पहाडी परिवेशको परिकल्पना हुन्थ्यो, सोही आभास दिलाउन निर्माण टिमले म्याग्दीको उच्च पहाडी भेग ‘धारापानी’ लाई छायाङ्कन स्थल रोजेको छ। सिर्जनाका अनुसार उक्त गाउँ अझैपनि मौलिक छ र त्यहाँबाट देखिने हिमाल तथा पहाडका दृश्यले चलचित्रलाई जीवन्त बनाएको छ।

छायाङ्कनको अनुभव सुनाउँदै उनले भनिन,‘हामीले म्याग्दीको धारापानीमा बसेर काम गर््यौँ। त्यहाँको परिवेश एकदमै रमाइलो छ । एकातिर हिमाल देखिने, अर्कोतिर पहाडले घेरिएको सुन्दर गाउँ छ। हामीले पढ्दा जस्तो भिजुअलाइज गरेका थियौँ, ठ्याक्कै त्यस्तै परिवेश चलचित्रमा देख्न पाइनेछ।’

सौगात मल्लसँगको सहकार्य र चुनौती

चलचित्रमा सिर्जनाका साथमा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा छन्। सौगात मल्लसँग सिर्जनाको यो दोस्रो सहकार्य हो। थिएटर ब्याकग्राउन्डका अनुभवी कलाकार सौगातसँग काम गर्दा सुरुमा केही असहज महसुस भए पनि पछि उहाँकै मार्गदर्शनमा काम गर्न सजिलो भएको सिर्जनाले बताइन्।

‘सौगात दाइ मेरो सिनियर कलाकार हुनुहुन्छ। सुरुमा कसरी काम गर्ने होला भन्ने एउटा डर र सम्मानको भावना थियो। तर, उहाँले निकै सहज वातावरण बनाइदिनुभयो। केही गम्भीर दृश्य खिच्नुअघि हामीले बसेर छलफल गथ्र्यौँ। उहाँले ‘यसो गरौँ, तिमीले यसो गर्दा राम्रो हुन्छ’ भनेर गाइड गर्नुभयो, जसले गर्दा काम निकै स्तरीय भएको छ,’ सिर्जनाले अनुभव साटिन्।

अधिकारीका अनुसार चलचित्रको सुटिङ झन्डै ४० दिनमा सम्पन्न भएको थियो। तर, यो अवधि निकै उतारचढावपूर्ण रहेको सिर्जनाले खुलासा गरिन्। छायाङ्कनका लागि टिम म्याग्दी पुग्दा देशमा राजनीतिक/सामाजिक आन्दोलनको प्रभाव थियो, जसले गर्दा क्यामेरा टिम र अन्य कलाकारहरू समयमा पुग्न सकेनन्। १०–१२ जनाको सानो टोलीले केही दिन गाउँमै कुर्नुपरेको थियो । अन्ततः दुई सेड्युलमा (दसैँ अघि र तिहार पछि) गरेर चलचित्रको काम पूरा भएको थियो।

परालको आगोको सन्देशः क्षणिक रिस र दिगो प्रेम

चलचित्रको मूल सार ‘बुढाबुढीको झगडा परालको आगो’ भन्ने उखानमै आधारित छ। सिर्जनाका अनुसार चलचित्रले मानिसलाई धैर्यता र आपसी गल्ती सुधारेर अघि बढ्ने प्रेरणा दिनेछ। ‘हामी साना कुरामा तातिन्छौँ, झगडा गर्छौँ तर त्यो स्थायी हुँदैन । गल्ती सुधारेर अगाडि बढ्नु नै जीवन हो भन्ने सन्देश यसले दिन्छ,’ उनले थपिन्।

अहिलेसम्म सार्वजनिक भएका टिजर, पोस्टर र दुईवटा गीतले सकारात्मक प्रतिक्रिया पाइरहेका छन्। सिर्जनाले चलचित्र सम्पूर्ण रूपमा पारिवारिक र स्वस्थ मनोरञ्जनले भरिएको बताएकी छन्।

नेपाल न्यूज बैंकसँगको यस संवादले ‘परालको आगो’ प्रतिको कौतुहलतालाई थप बढाएको छ। कलाकार सिर्जना अधिकारीको आत्मविश्वास र चलचित्रको मौलिक कथाले नेपाली सिने जगतमा यो चलचित्रले एउटा विशेष छाप छाड्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ चैत २९ गते आईतबार ०३:५०
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना