मोगादिसु (सोमालिया)- राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि ५० लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ। हालै संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी दिएका हुन्। सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए।
यहाँ खाद्य सङ्कटमा परेका मध्ये कम्तीमा पनि एक लाख जना अहिले नै भोकमरीमा परेका बताइएको छ। खाद्यान्न सम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताएका छन्।
उनका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये किरब पाँच लाख जनाको अवस्था नाजुक रहेको छ। अहिले नै यहाँ खाद्यान्नसम्बन्धी आवश्यक व्यवस्था गर्न नसक्ने हो भने यस देशमा खाद्यान्नको चरम संकट पर्दै जानेतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताए।
![[4/7] Internally displaced Somali children ride on a donkey cart, as they flee from the severe droughts, near Dollow, Gedo Region in Somalia May 26, 2022. Picture taken May 26, 2022. REUTERS/Feisal Omar](https://i0.wp.com/www.nepalclicks.com/wp-content/uploads/2023/03/somaliya-family-displacement.png?resize=802%2C524&ssl=1)
सोमालियाको गेडो क्षेत्रमा भएको खडेरीका कारण ज्यान बचाउनका लागि थातथलो छोडेर गधा गाढामा जाँदै सोमाली परिवार। तस्बिर : फैजल ओमार/रोयटर्स


