एजेन्सी। इरानले युद्धविराम ढाँचाअन्तर्गत ढुवानीको लागि होर्मुज जलनाका खुला गरेपछि विश्व बजारमा कच्चा तेलको भाउमा गिरावट आएको छ। कच्चा तेलको भाउ ११ प्रतिशतसम्म घटेको छ। अस्थायी युद्धविराम भएकाले होर्मुज जलमार्ग कुनै पनि बेला बन्द हुने संभावना पनि छ।
ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ९०.३८ डलरमा कारोबार भएको। यस्तै मुरवान क्रुडमा ब्यारेलको ९१्.७० र डब्ल्युटीआई क्रुडमा ८३.८५ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ।
बिहीबारसम्म कच्चा तेलको भाउ ब्यारेलको १०० डलर माथि थियो। होर्मुज जलमार्ग खुला भएपछि मूल्य ब्यारेलमा १० डलरसम्म घटेको छ।
इजरायल र लेबननबीच १० दिने पूर्ण युद्धविराम भएको पहिलो दिन शुक्रवार इरानका विदेशमन्त्री अब्बास अरागचीले होर्मुज जलमार्ग पुनः खुला गरिएको घोषणा गरेका हुन्।
होर्मुज जलमार्गबाट मात्र विश्वका लागि २० प्रतिशत कच्चा तेल आपूर्ति हुने गरेको छ। मध्यपूर्वमा अमेरिका र इरानबीच युद्ध सुरु भएपछि कच्चा तेलको भाउ बढेर ब्यारेलको १२० डलरसम्म पुगेको थियो।
त्यसपछि केही कम भएको थियो। मध्यपूर्वमा जारी अशान्तले विश्व बजार विशेष गरी पूर्वी एसियाली मुलुकलाई समस्या भएको छ। यहाँका नागरिकहरुले तेलमा ठूलो मूल्य तिर्नु परेको छ।
इरालनले खुला गरेपछि आठ कच्चा तेल वाहकहरू चोकपोइन्टतर्फ अगाडि बढ्न थालेको बताइएको छ। ब्लूमबर्गले उद्धृत गरेको जहाज ट्र्याकिङ डेटा अनुसार दुबईको उत्तरमा निष्क्रिय रहेका पाँच जहाजहरू पहिले सरेका थिए। त्यसपछि थप तीन जहाजहरू लगभग ७० माइल पश्चिममा राखिएका थिए।
सन् २०२२ मा रुस र युक्रेनबीच युद्ध सुरु भएको केही महिनासम्म विश्वमा कच्चा तेलको भाउ बढेर ब्यारेलको १४० डलर पुगेको थियो। यस पालिको युद्धले १४० को रेकर्डलाई तोड्न सकेन।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहहरूविरुद्ध अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहने बताएका छन्। तर, उनले त्यसलाई ुविश्वका निम्ति एउटा ठूला र गजबको दिनु भनी टिप्पणी गरे।
समुद्री क्षेत्रसँग सम्बन्धित समूहहरूले उक्त जलमार्ग भएर जान जहाजहरूका लागि सुरक्षित रहे वा नरहेको विषय हेरिरहेको बताएका छन्। जहाजहरूको न्यून आवागमन भइरहेको ट्र्याकिङबाट देखिएको छ।
इरानको आईआरजीसीले तयार पारेको एउटा नक्सा र उसले तोकेका दुई मार्गलाई इङ्गित गरिएको हुन सक्ने बुझिएको छ। इरानी सञ्चारमाध्यमहरूले गत साता त्यसबारे विवरण सार्वजनिक गरेका थिए।
केही इरानी सञ्चारमाध्यमहरूले विदेशमन्त्री अरागचीको पोस्टको आलोचना गरेका छन्।
आईआरजीसीसँग सम्बद्ध तस्निम न्यूज एजेन्सीले त्यसलाई ूनराम्रो र अपूर्णू भन्दै अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहेसम्म पानीजहाजहरूको आवागमनलाई अमान्यू मानिने जनाएको छ। अरू सञ्चारमाध्यमले त्यसबारे स्पष्ट पार्न इरानी अधिकारीहरूसँग माग गरेका छन्।
इस्लामाबादमा गत साता अमेरिकासँग भएको वार्तामा इरानी टोलीको नेतृत्व गरेका सभामुख मोहम्मद बागेर गलिबाफले डोनल्ड ट्रम्पले ूएक घण्टामा सातवटा दाबी गरेका र ती सबै दाबी गलत भएकाू एक्समा लेखेका छन्।
होर्मुज जलमार्गका सन्दर्भमा उनले अमेरिकीे नाकाबन्दी जारी रहँदासम्म जलमार्ग खुला नरहने बताए।
अर्कोतर्फ राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यबारे सप्ताहान्तभरि वार्ता जारी रहने भन्दै दुवै पक्षबीच धेरै मतभिन्नता रहेको जस्तो आफूलाई नलागेको बताएका छन्।
इरानी विदेशमन्त्रीले इरानको संवर्धित युरेनियम जुनसुकै अवस्थामा जहाँसुकै नपुर्याइने बताएपश्चात् ट्रम्पको भनाइ आएको हो।
त्यसअघि ट्रम्पले इरान आफ्ना संवर्धित युरेनियम अमेरिकालाई हस्तान्तरण गर्न सहमत भएको दाबी गरेका थिए।
अमेरिकास्थित बीबीसीको साझेदार सीबीएस न्यूजसँग कुरा गर्दै ट्रम्पले संवर्धित युरेनियम हटाउन स्थलसेना आवश्यक नपर्ने बताए। उनले त्यो दिशामा अमेरिका र इरानले मिलेर काम गर्ने उल्लेख गरे।


