काठमाडौँ: नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा समिति गठन गरेको हो। समितिमा अर्थसचिव घनश्याम उपाध्याय र भूवनकुमार दाहाल सदस्य रहेका छन्।
गत वैशाख ४ गते सन्तोषनारायण श्रेष्ठले बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।


