काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने अल्टिमेटम दिएको छ। मंगलबार मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एक सूचना जारी गर्दै सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक, कर्मचारी र जमानीहरूलाई ऋण तिर्न समयावधि तोकेको हो।
१५ दिनभित्र ऋण नतिरे ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्कादेखि धितो लिलाम गर्नेसम्मको चेतावनी समितिले दिएको छ। सो समयभित्र ऋण चुक्ता नगरे ऋणी, निजको परिवार र जमानीको नामसहितको विवरण सार्वजनिक गर्ने र उनीहरूको नाममा रहेको सम्पत्ति तथा खाता रोक्का गर्ने चेतावनी दिइएको छ।



