काठमाडौँ: सरकारले थप १७ अर्ब ३० करोड रुपैयाँ विदेशी ऋण लिने तयारी थालेको छ। एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि ऋण लिने तयारी गरिएको हो।
उक्त ऋण एसियाली विकास बैंकले दिने बताएको छ। उक्त ११५ मिलियन डलर सहुलियतपूर्ण ऋण सम्झौताका लागि वार्ता टोली गठन गर्ने निर्णय सरकारले गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।


