काठमाडौँ: सरकारले इजरायलमा अध्ययनका लागि गएर ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल गएको क्रममा हमासको आक्रमणबाट मृत्यु भएका जोशीको परिवारलाई सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।
सन् २०२३ अक्टोबर ७ मा इजरायलको किब्बुत्ज अलुमिमा हमासले आक्रमण गरेको थियो। त्यसपछि विपिनसहितलाई नियन्त्रणमा लिई हमासले बन्धक बनाएर राखेको थियो। तर २०८२ असोजमा मृत्यु भैसकेको पुष्टि भएको थियो।
हमासले गरेको आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीसहित १ हजार २०० जना मारिएका थिए।


