काठमाडौं। त्रिवेणी र विशाल ग्रुपअन्र्तगतको ग्रिन भेन्चर्स लिमिटेडले सञ्चालन गरिरहेको ५२ मेगावाटको लिखु–४ जलविद्युत आयोजना बन्द भएको छ।
आयोजनाको आकस्मिक मर्मत गर्नुपरेकाले बन्द गरिएको ग्रिन भेन्चर्सले जनाएको छ। बन्दको कारण भने खुलाइएको छैन्। आयोजना कहिलेदेखि सञ्चालनमा आउने भन्ने जाकारी कम्पनीले दिएको छैन्। आयोजना रामेछाप र ओखलढुङा हुँदै बग्ने लिखु नदीमा रहेको छ।


