२०८३ कार्तिक १२ गते बुधबार

‘एक मुठी बादल’मा अहिलेसम्मकै फरक अनुभव गरेंः आँचल शर्मा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २०
film

काठमाडौं। कथानक फिल्म ‘एक मुठ्ठी बादल माई सेयर अफ स्काई’ जेठ १ गतेबाट प्रदर्शनमा आउँदैछ। निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई फिल्मको प्रदर्शन तय गरेको हो।

आँचल शर्मा अभिनित फिल्म ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काइ’ पारिवारिक कथामा केन्द्रित फिल्म हो।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा अभिनेत्री आँचल शर्माले चलचित्रलाई ‘फ्यामिली ड्रामा’ का रूपमा व्याख्या गर्दै फिल्मले विशेषगरी महिलाको आन्तरिक संघर्षलाई उजागर गर्ने बताइन्।

उनका अनुसार फिल्मले विवाहअघि एक महिलाले भोग्ने मानसिक द्वन्द्व, सामाजिक अपेक्षा र व्यक्तिगत आकांक्षाबीचको संघर्षलाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ।

उनले भनिन्, ‘यो फ्यामिली ड्रामा हो। अर्को कुरा, फ्यामिली ड्रामामा पनि सँधै दुःखहरुको राम्रो र नराम्रो पक्ष देखाउँछौं। तर, यो फिल्ममा एक महिला अर्थात महिला पात्रले भोग्ने मानसिक द्वन्द्व, सामाजिक अपेक्षा र व्यक्तिगत आकांक्षाबीचको संघर्षलाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ।’

चलचित्रले एउटै परिवारभित्रका विभिन्न सदस्य आमाबुबा, दिदीबहिनी र अन्य पात्रहरूका जीवनका फरक–फरक पाटा देखाउने प्रयास गरेको छ।

‘परिवारभित्र लुकेका पीडा, नदेखिएका संघर्ष र नबोलिएका भावनाहरूलाई फिल्मले बाहिर ल्याउनेछ,’ शर्माले भनिन्। उनले थपिन्, ‘समाजले महिलालाई हेर्ने दृष्टिकोण र त्यसले महिलाको जीवनमा पार्ने प्रभाव पनि कथाको महत्वपूर्ण पक्ष हो।’

शर्माका अनुसार फिल्मको कथा तीन पुस्ताका महिलाहरूको अनुभवमा आधारित छ, जहाँ आमा, जेठी र माइली पात्रहरूबीचको सम्बन्ध साथै उनीहरूको जीवनयात्रा एकआपसमा गाँसिएको देखिन्छ। यसले पारिवारिक संस्कार, अनुभव र त्यसको प्रभाव नयाँ पुस्तामा कसरी सर्छ भन्ने विषयलाई पनि उजागर गर्छ।

फिल्मको अर्को विशेषता यसको ‘रियलिस्टिक’ प्रस्तुती रहेको बताइएको छ। अभिनेत्री शर्माले भनिन्, ‘हामीले प्रायः फिल्ममा दुःख र सुखलाई ग्लोरिफाइ गर्छौं तर यस फिल्मले वरिपरि भइरहेका सामान्य तर गहिरा घटनाहरूलाई देखाउँछ।’ दर्शकहरूले पात्रहरूसँग भावनात्मक रूपमा जोडिन सक्ने पनि उनले बताइन्।

फिल्ममा महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको पनि उनले बताइन्। निर्देशनदेखि लेखन, छायांकन र सम्पादनसम्म महिला टिमको संलग्नताले आफूलाई काम गर्न सहज भएको अनुभव उनले साझा गरिन्।

उनले भनिन्, ‘मलाई त यो फिल्ममा काम गर्न एकदमै सजिलो भयो। किनभने अहिलेसम्म काम गरेभन्दा फरक अनुभव गरें। फिमेलकै कथा अनि फिमेलले नै निर्माण गर्नुभएको फिल्ममा काम गर्दा भिन्न अनुभव गरें। डिरेक्टर मात्र फिमेल नभइ लेखक, सिनेमेटोग्राफर पनि फिमेल हुनुहुन्छ। महिलाको उपस्थितिले टीम राम्रो थियो। जसका कारणसहज वातावरणमा काम गर्न पाएँ।’

पोखरामा करिब २८ दिन समय लगाएर छायांकन गरिएको फिल्म मुख्यतः एउटै घर वरिपरि केन्द्रित छ, जसले परिवारभित्रको अन्तरङ्ग वातावरणलाई अझ जीवन्त बनाएको अभिनेत्री शर्माको भनाइ छ। लामो समयसम्म पोस्ट–प्रोडक्सनमा काम गरिएको यो फिल्म आफ्नो करियरकै विशेष अनुभव भएको उनले बताइन्।

शर्माले दर्शकलाई फिल्म हेर्न आग्रह गर्दै भनिन्, ‘यो फिल्ममा काम गर्दा विल्कुल नयाँ अनुभव गरें, तर दर्शकहरुले पनि नयाँ र प्रेरणादायी अनुभव गर्नु हुनेछ।’

उनका अनुसार फिल्मले समाजले महिला र पुरुषका लागि बनाइदिएको सीमित सोच ‘महिलाले यो गर्नुपर्छ, पुरुषले यस्तो हुनुपर्छ’ जस्ता संरचनामाथि प्रश्न उठाउँछ।

निशा शर्मा, आँचल शर्मा र उषा रजकलगायतको अभिनय रहेको फिल्मले तीन महिलाबिचको सम्बन्धलाई संकेत गरेको छ।

सहारा शर्माद्वारा लिखित तथा निर्देशित फिल्मका मुख्य निर्माता अभिमन्यु दीक्षित हुन्। निर्माताहरूमा सारा फाजिलात, सामीप्यराज तिमल्सेना, अनुप पौडेल रहेका छन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन्।

छायांकन लिन्ह डान गुयेन फान, प्रोडक्सन डिजाइन यशस्वी सभरवाल, सम्पादन गौरवकुमार मल्लिक, सम्पादन सल्लाहकार दीपा भाटिया, भेषभूषा जानकी खडायत, मेकअप कीर्ति जोशी, कला निर्देशन अग्रणी ठकुरी झा र पोस्ट–प्रोडक्सन सुपर भिजन आश्मा गौतमले सम्हालेका छन्।

गौँथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सह–निर्माणमा बनेको फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

प्रकाशित: २०८३ बैशाख २० गते आईतबार ०८:४०
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना