२०८३ कार्तिक १२ गते बुधबार

इरानद्वारा ट्रम्पलाई १४ बुँदे शान्ति प्रस्तावः ट्रम्प भन्छन,‘इरानले अझैं पर्याप्त मूल्य चुकाएको छैन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २०
iran_us

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि पठाएको नयाँ १४ बुँदे प्रस्तावको समीक्षा गरिरहेको बताएका छन्। तर, उनले उक्त प्रस्तावप्रति गहिरो आशंका व्यक्त गर्दै इरानले आफ्ना विगतका कार्यहरूका लागि अझै पर्याप्त मूल्य नचुकाएको टिप्पणी गरेका छन्।

शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भनेका छन,‘मैले इरानले भर्खरै पठाएको योजनाको चाँडै समीक्षा गर्नेछु। तर यो स्वीकार्य होला भनेर म कल्पना गर्न सक्दिनँ, किनकि विगत ४७ वर्षमा मानवता र विश्वका विरुद्ध इरानले जे–जति गरेको छ, त्यसको लागि उसले अझै ठूलो मूल्य चुकाएको छैन।’

फ्लोरिडामा एयर फोर्स वनमा चढ्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले प्रस्तावको अवधारणाबारे सुनेको तर पूर्ण पाठ हेर्न बाँकी रहेको बताए। उनले भने,‘मलाई सम्झौताको अवधारणाबारे बताइएको छ । उनीहरूले मलाई अहिले विस्तृत विवरण दिँदैछन्।’

इरानको प्रस्तावमा के छ?

इरानी समाचार एजेन्सी तस्निमका अनुसार इरानले अमेरिकालाई बुझाएको १४ बुँदे प्रस्तावमा लेबनानसहित सबै मोर्चामा युद्धको अन्त्य गर्ने व्यापक खाका समावेश छ। यसअघि अमेरिकाले पठाएको ९ बुँदे प्रस्तावमा दुई महिनाको युद्धविरामको समयसीमा राखिएको थियो, जसलाई इरानले अस्वीकार गरिदिएको थियो। इरानले ३० दिनभित्रै युद्धको स्थायी समाधान हुनुपर्ने अडान राखेको छ।

इरानमाथि भविष्यमा हुने कुनै पनि सैन्य आक्रमण रोक्न ठोस सुरक्षा प्रत्याभूति, इरानको आसपासको क्षेत्रबाट अमेरिकी सेना पूर्ण रूपमा हट्नुपर्ने, इरानमाथि लगाइएका सबै अमेरिकी र अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पूर्ण रूपमा हटाउनुपर्ने, विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फिर्ता गरिनुपर्ने र प्रतिबन्धका कारण भएको आर्थिक क्षतिको क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग इरानले राखेको छ।

त्यसैगरी, विश्वको महत्त्वपूर्ण तेल पारवहन विन्दु हर्मुज जलडमरूमा स्थायित्व र निर्वाध आवागमनका लागि नयाँ व्यवस्थापन संयन्त्र स्थापना गर्नुपर्ने माग समेत इरानले राखेको छ।

इरानको यो प्रस्ताव क्षेत्रीय तनाव कम गर्ने र लेबनान लगायतका क्षेत्रमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले आएको बताइएको छ। हाल अमेरिकाले यस प्रस्तावको औपचारिक जवाफ दिएको छैन र राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणीले सम्झौता सहज नहुने संकेत गरेको छ। एएनआई

प्रकाशित: २०८३ बैशाख २० गते आईतबार १०:५४
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना