काठमाडौँ: सरकारले आगामी वैशाख २८ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सदनको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताए।
उनका अ नुसार वैशाख २८ गते दिउँसो २ बजे संसद् बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको हो। यसबाहेक आज बसेको मन्त्रिपरिषद् बैठकले अन्य निर्णय नगरेको जानकारी उनले दिए।
यसअघि सरकारले दुवै सदनको बैठक आह्वान भैसकेपछि भोलिपल्टै स्थगित भएको थियो। सरकारले वैशाख १७ गते बैठक आह्वानका लागि वैशाख ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपतिबाट बैठक आह्वान भैसकेपछि अधिवेशन रोक्न सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो।
यसबीचमा सदन रोकेर सरकारले ८ वटा अध्यादेश ल्याएको छ।
सरकारको सिफारिसमा रामचन्द्र पौडेलले मंगलबार ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेपछि अध्यादेश जारी भएलगत्तै प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए।
राष्ट्रपति पौडेलले यसअघि सरकारले ल्याएका सहकारी (पहिलो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश,सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका थिए।
प्रकाशित: २०८३ बैशाख २२ गते मङ्गलबार ०४:२५