काठमाडौँ- एनसेलका सबै ग्राहकले अब नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइम प्याक सार्वजनिक गरेको छ। एनसेलले तीन अनलिमिटेड भ्वाइस प्याक ल्याएको हो।
ग्राहकले १ दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयासिमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन्।
१ दिने अल–नेट अनलिमिटेड प्याक अन्तर्गत ग्राहकले करसहित मात्र रु २५ मा बिहान ५ बजे देखि साँझ ५ बजे सम्म नेपालका कुनैपनि मोबाइल नेटवर्कका नम्बरहरुमा अनलिमिटेड भ्वाइस सेवाको पाइनेछन्। ग्राहकहरुले सजिलै *१७११८१*५# डायल गरी यो प्याक लिन सक्छन्।
त्यसैगरी *१७११८*३*४# डायल गरी एनसेलका अन्य नम्बरहरुमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने १ दिने अन–नेट अनलिमिटेड टकटाइम कर सहित ३० मा सुरु गर्न सकिने कम्पनीले जनाएको छ।
एनसेलका अन्य नम्बरहरुमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरुले ७ दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन् । यो प्याकको कर सहित १५० पर्ने एनसेलले जनाएको छ। *१७११८*४*३# डायल गरी यो प्याक सुरु गर्न सक्छन्।


