२०८३ कार्तिक १२ गते बुधबार

‘मालती मंगले’ले पायो ‘युनिभर्सल’ प्रमाणपत्र, रामकृष्णको विवादित बयानले पर्नसक्छ असर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २३
RKD with Censor Certificate

काठमाडौँ: सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि सेन्सर बोर्डका सदस्यहरू पदमुक्त हुँदा चलचित्रको जाँचपास कसरी हुने भन्ने विषयमा ठुलो अन्योल छाएको थियो। यद्यपि, यसै अन्योल र रिक्तताका बीच पनि नेपाली चलचित्र ‘मालती मंगले’को सेन्सर कार्य भने सफलतापूर्वक सम्पन्न भएको छ। २ घण्टा ३८ मिनेट लामो यस चलचित्रले सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ। प्रमाणपत्र बुझ्न निर्माता तथा गायक रामकृष्ण ढकाल आफैँ पुगेका थिए। यो चलचित्र यही वैशाख २५ गते शुक्रबार रिलिज हुँदैछ।

सेन्सर बोर्डका सदस्यहरूको पदावधि मुक्त भएको अवस्थामा चलचित्र जाँचलाई अत्यावश्यक सेवा मानेर चलचित्र विकास बोर्डले पठाएको प्रतिनिधिको उपस्थितिमा सेन्सर गरिएको हो। यसका लागि चलचित्र विकास बोर्डका तर्फबाट दीपा बस्नेतलाई प्रतिनिधिको रूपमा पठाइएको थियो। जाँचपास समितिका अध्यक्षसहित विभिन्न मन्त्रालयका प्रतिनिधिहरू भने पदेन सदस्य रहने व्यवस्था भएको हुनाले उनीहरूको उपस्थिति भने कायमै थियो र सोही अनुरूप चलचित्रको सेन्सर कार्य अघि बढाइएको हो।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्र ‘मालती मंगले’को कथा स्वयं निर्देशक प्रकु पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। यस चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका थुप्रै कलाकारहरूको सशक्त अभिनय रहेको छ। चलचित्रको ट्रेलर तथा टिजरका साथै ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ र आकर्षक डान्सिङ नम्बर ‘झ्याम पारम’ जस्ता गीतहरू यसअघि नै सार्वजनिक भइसकेका छन् जसले दर्शकको राम्रो ध्यान तानेको छ।

यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्। प्राविधिक रूपमा पनि निकै उत्कृष्ट मानिएको यस चलचित्रमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने यो चलचित्रले यही शुक्रवारबाट दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्माण पक्षले लिएको छ।

यो चलचित्रको निर्माण गायक तथा निर्माता रामकृष्ण ढकालले गरेका हुन्। ढकालले आफ्नै होम प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण गरेका हुन्। चलचित्र प्रदर्शनको संघारमा रहँदा ढकाल भने आफ्नै बयानले सामाजिक सञ्जालमा आलोचनाको शिकार भैरहेका छन् भने कतिपयले उनको फिल्म बहिष्कार गर्ने ट्रेन्ड पनि चलाएका छन्।

जेनजी आन्दोलनताका भदौ २४ गते नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफ्नो गाडीमा भगाएको प्रतिक्रियापछि उनको आलोचना भैरहेको छ। ‘मालती मङ्गले’को प्रमोसनका क्रममा उनले  प्रकाश सुवेदीको शो रजतपटमा रवि भागेको गाडी आफ्नो र ड्राइभर समेत आफू रहेको खुलासा गरेका थिए। उक्त भिडियो क्लिप यतिवेला सामाजिक सञ्जालमा तिव्ररूपमा फैलिरहेको छ।

शोमा लामिछाने नख्खुबाट सनरुफ कारमा हात हैल्लाउँदै निस्किरहेको भिडियो देखाउँदै प्रस्तोता सुवेदीले सोधेका थिए, ‘कसरी सम्झिनुहुन्छ?’ राम्रोसँग सम्झिन्छु भनी ढकालले जवाफ फर्काएपछि सँगै गेस्ट रहेकी वर्षा राउतले सोधेकी थिइन्, ‘गाडी तपाईँको हो?’

जवाफमा ढकालले भनेका छन्, ‘त्यही भन्नु पर्ला। जेनजी आन्दोलन एकदमै उत्कर्षमा थियो, त्यो दिन। र म भैँसी पार्टीमा बस्छु। जसले गर्दा हामी यताउता हिँडिरहेका थियौं। जुलुसमै थियौं। अनि।’

गाडी पनि आफैँले चलाएको भन्दै अगाडि उनी भन्छन्, ‘हो हो, ड्राइभ पनि मैले गर्या हो। रवि जी छुट्नुभयो भन्ने कुरा आयो। हामी त्यही तल गयौँ। गाडी चल्ने अवस्था थिएन। रविजी चाहिँ नख्खु जेलको पारी पट्टी एउटा रेस्ट्रोमा बसिरहनुभएको थियो। अनि म गए, एकदमै भिडभाड थियो। अनि म गएपछि हग गर्यौ। त्यसपछि एउटा राम्रो दिनमा भेट भयो भन्ने कुरा भयो। दाइ खुसी लाग्यो भने मैले। रविजीले पनि मलाई दाइ भन्नुहुन्छ। म पनि उहाँलाई दाइ भन्छु। उहाँलाई चाहिँ घर जानका लागि अप्ठ्यारो परिरहेको अवस्थाको स्थिति थियो। मलाई थाहा पनि थिएन, काठमाडौंमा यस्तो स्थिति भइरहेको छ भनेर। अलिअलि त हेरिरहेको थिए। त्यसपछि उहाँ गाडी नभएर त्यहाँ बसिरहनुभएको रहेछ। उहाँले गाडी छ भन्नुभयो, मैले छ भने। उहाँको आशिषजी सेक्रोटी इन्चार्ज, ह्वाई नट, गाडी भनेको हाम्रो लागि नै हो। गाडीभन्दा ठूलो हाम्रो जीवन हो।’

उनको यही अभिव्यक्तिका कारण उनी यतिवेला सामाजिक सञ्जालमा ट्रोल बनेका छन् भने कतिपयले फिल्म बहिष्कार गर्ने प्रतिक्रिया दिइहरेका छन्। यसले फिल्म प्रदर्शनीमा थोरै असर पर्ने देखिन्छ। यद्यपि कतिपयले भने ढकालको समर्थनमा आफ्नो मत राखिरहेका छन्।

प्रकाशित: २०८३ बैशाख २३ गते बुधबार ११:३९
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना