२०८३ कार्तिक १३ गते बिहिबार

३० अर्ब घोटालाको आरोपबारे के भने सांसद जगदीश खरेलले?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २८
photo_f5f41a6d

काठमाडौँ: पूर्व सञ्चारमन्त्री तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले स्मार्ट टेलिकममाको ३० अर्ब घोटाला भएको भन्दै आफ्नो नाम मुछिएकोमा आपत्ति जनाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा उनले स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरण भनेर त्यसमा आफूलाई जोडिएको भन्दै आपत्ति जनाए।

स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा अनुसन्धानको घेरामा पर्ने डरले पूर्वसञ्चार मन्त्री सुटुक्क विदेश भागे भनेर झुटो समाचार सम्प्रेषण भएको भन्दै  उनले उक्त समाचारले आफ्नो मान, प्रतिष्ठा, संसद र पार्टीप्रति पनि अपमान गरेको बताए।

उक्त विषय संसदमा रेकर्ड रहोस् भनेर म यसको खेद र भत्सर्ना व्यक्त गर्न चाहेको उनको भनाइ थियो। स्मार्ट टेलिकम प्रकरणमा आफूले एउटा मिटिङ नगरेको तथा एउटा फाइल मात्रै तलमाथि गरेको सम्पूर्ण राजनीतिक जीवनबाट सधैँका लागि विदा लिन तयार रहेको उनको भनाइ थियो।

उनले भने–

म आज मात्रै स्विजरल्याण्ड भ्रमण सकेर काठमाडौं आएको छु। स्विजरल्याण्डमा सेन्ट ग्यालेन सिम्पोजियममा म स्पिकरको रुपमा र प्यानलिष्टको रुपमा गएको थिएँ। र जसको पूर्व जानकारी सम्माननीय सभामुखज्यूलाई लिखित रुपमा दिएर र मेरो पार्टीका श्रद्धेय सभापति रवि लामिछानेज्यूलाई लिखित रुपमा जानकारी गराएर र परराष्ट्र मन्त्रीज्यूलाई पनि जानकारी गराएर म गएको थिएँ।

र म गएको भोलिपल्टै वैशाख २३ गते सम्माननीय सभामुख महोदय, एउटा ‘राजधानी दैनिक’ नामक पत्रिकाले ‘पूर्व सञ्चार मन्त्री स्विजरल्याण्ड सुटुक्क भागे, अनुसन्धानको घेरामा पर्ने डरले’ भनेर समाचार लेखेको रहेछ, त्यसप्रति मेरो गहिरो खेद र दु:ख व्यक्त गर्न चाहन्छु।

सम्माननीय सभामुख महोदय, यो स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरण भनेर र त्यसमा मलाई जोडेर सुटुक्क चाहिँ स्विजरल्याण्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, यति भ्रामक, यति घटिया र यति तल्लो स्तरको सी-ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो, यसले मेरो मान-सम्मान, प्रतिष्ठा, मेरो राजनीतिक जीवन, समग्र संसद, सांसदको भूमिका र मेरो पार्टीप्रति पनि यसले अपमान गरेको मैले महसुस गरेको छु। र यो सम्मानित संसदमा रेकर्ड रहोस् भनेर म यसको खेद र भत्सर्ना व्यक्त गर्न चाहन्छु।

म चुनौती दिन चाहन्छु, स्मार्ट टेलिकम प्रकरणमा मैले सम्माननीय सभामुख महोदय, एउटा मिटिङ, एउटा फाइल ल्याउने, एउटा फाइल अगाडि बढाउने, एउटा फाइल पारित गर्ने मन्त्रालयका अथवा सम्बद्ध कुनै पनि निकायसँग मैले एउटा मिटिङ मात्रै पनि गरेको रहेछ भने – स्मार्ट टेलिकमको सन्दर्भमा घोटालाको त परै जाओस्, मिटिङ मात्रै गरेको रहेछ भने पनि मेरो सम्पूर्ण राजनीतिक जीवनबाट म सधैंका लागि बिदा लिन तयार हुन्छु।

तर प्रचार-प्रचार र झुटो एउटा लाञ्छना लगाउने हिसाबमा सस्तो र सी-ग्रेडको पत्रकारिता, डी-ग्रेडको पत्रकारिता गर्ने नाममा कसैको व्यक्तिगत स्वाभिमानमाथि कसैले यसरी चुनौती दिन्छ भने आज सम्मानित सदनमार्फत म त्यो पत्रिका, त्यो पत्रिकाका ओनरहरु, त्यसका सम्पादक र जो-जो सम्बद्ध छन्, उनीहरुलाई खुल्ला रुपमा चुनौती दिन चाहन्छु कि यो प्रमाणित गर। प्रमाणित गर्न सक्दैनौ भने पत्रकारिताको जीवनबाट तिम्रो पत्रिका बन्द गर्न सक्ने तिमीसँग हिम्मत छ? यो चुनौती दिन चाहन्छु सभामुख महोदय।

होइन भने यसरी राजनीतिक रुपमा एउटा उदाइरहेको व्यक्तिलाई, पार्टीलाई, संस्थालाई, संसदलाई यसरी अपमान गरेर अगाडि बढ्न पाइँदैन। म यो अनुरोध गर्न चाहन्छु र सम्पूर्ण मेरा शुभचिन्तकहरुलाई यो भ्रममा नपर्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। र अन्त्यमा के भन्न चाहन्छु भनेदेखि यहाँ सञ्चार मन्त्री हुनुहुन्छ भने म सम्माननीय सभामुखज्यू मार्फत आग्रह गर्न चाहन्छु, कृपया प्रेस काउन्सिललाई सशक्त बनाउनुस्, अहिले नै सशक्त बनाउनुस्।

प्रकाशित: २०८३ बैशाख २८ गते सोमबार ०३:१३
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना