काठमाडौं- थापाथलीस्थित द ब्रिटिस कलेज (टिबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँग साझेदारी सम्झौता गरेको छ। फिनटेक उद्योगलाई बृहत बनाउने उदेश्यको साथ दुई संस्थाबीच शुक्रबार भिभान्ता काठमाडौंमा साझेदारी सम्झौता भएको हो।
फिन्टेकएलायन्स नेपाल गैरनाफामुखी संस्था हो। जसले फिनटेक बजारमा सहभागीहरू र सरोकारवालाहरू बीचको सहकार्यलाई बढावा दिने काम गर्दै आएको छ। यस संस्थाले सदस्यहरूलाई आधुनिक समाधानहरू मार्फत सामुहिक रूपमा उद्योगका चुनौतीहरूलाई सम्बोधनगर्ने अवसर प्रदानगर्दै आएको छ।
साझेदारीसँगै कलेजले फिन्टेक बजारसँगको सम्बन्धलाई सुदृढ गर्दै आफ्ना विद्यार्थीहरुको लागि पनि अवसरहरुको बाटो खोलेको छ। यस सहकार्यले विद्यार्थीहरुलाई फ्यानले गर्दै आएको मासिक कार्यक्रमहरूमा विशेष पहुँच प्रदान गर्दछ। फ्यानको मासिककार्यक्रममाकरिब १०० फिनटेक प्रोफेशनलहरुको सहभागिता रहँदै आएको छ। सो कार्यक्रममा विद्यार्थीहरुले प्रतिष्ठित स्थानीय र अन्तर्राष्ट्रिय अतिथिवक्ताहरूद्वारा सेमिनारहरूमा पहुँचको अवसर पनिप्राप्त गर्नेछन्। त्यस्तै, साझेदारीले विद्यार्थीहरुका लागि फिनटेक उद्योगभित्र इन्टर्नशिप र प्लेसमेन्ट सम्भावनाको बाटो पनि खोलिदिएको छ।
साझेदारीबारे उत्साह व्यक्त गर्दै ब्रिटिश कलेजका उपप्रध्यापक, डा. प्याट्रिक म्याकक्रडनले भने, ‘यो सहकार्यहाम्राविद्यार्थीहरुको लागिनिकै फलदायी रहनेछ। विद्यार्थीहरुकालागिआफ्नो छनौट गरिएका क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्ने र फिन्टेक व्यवस्थापन, फिन्टेक व्यवसायकोविकास, साइबरसुरक्षा, र विकास जस्ता क्षेत्रहरूमाउनीहरूको प्रक्षेपणलाई आकार दिने र उत्कृष्ट सल्लाहकारहरुबाट मार्गदर्शन पाउने अवसर प्राप्त गर्नेछन्।’
त्यस्तै, फ्यानका अध्यक्ष सञ्जीव सुब्बाले पनि आवश्यक सीप, नेटवर्क र ज्ञानको साथ महत्वाकांक्षी फिन्टेक पेशेवरहरूलाई सशक्तबनाउन र गतिशील फिन्टेक परिदृश्यमा फस्टाउन सहयोगको सम्भावनालाई जोडदिने बताए। उनले भने, ‘यो साझेदारीले प्रतिभाहरुलाई प्रोत्साहनगर्दै नविनतालाई सघाउँछ र फिन्टेक इकोसिस्टमको विकासमा योगदान पुर्याउँछ।’


