काठमाडौँ: सरकारले परम्परागत र श्रम निर्यातमा आधारित अर्थतन्त्रलाई विस्थापित गर्दै नेपाललाई विश्वव्यापी टेक हब बनाउने महत्त्वाकांक्षी आर्थिक मार्गचित्र अघि सारेको छ। रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा स्थापित गर्ने जानकारी दिए।
‘सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरिनेछ। सफ्टवेयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई निर्यातलाई प्रवर्द्धन गरिनेछ,’ उनले भने, ‘डिजिटल पार्क, उच्च क्षमताका डाटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई टेक हबका रूपमा अघि बढाइनेछ।’
व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मका प्रक्रिया ३० दिनभित्रै सम्पन्न गर्ने गरी लगानी एक्सप्रेस नीति लागू गरिने पनि उनले बताए।


