काठमाडौँ: बुधबार बिहान मन्त्रिपरिषद् बैठक बसेकाे छ। बैठक १० : ३० बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ।
आज संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। यद्यपि, प्रधानमन्त्री शाहले भने संसद्मा सम्बोधन नगर्ने भएका छन्। उनी प्रधानमन्त्री भएयता संसद्लाई सम्बोधन गरेका छैनन्।
नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने सम्भावना रहेको छ।
त्यसअघि मन्त्रिपरिषद् बैठक बसेकाे हाे ।







