काठमाडौँ: मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी (एकाइसौँ संशोधन) नियमहरू, २०८३ लाई स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी (एकाइसौँ संशोधन) नियमहरू स्वीकृत गरेको हो।
यसैगरी मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत तथा ‘विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९’ मा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ।
यस्तै सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्यहरू सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन गरेको छ।


