काठमाडौँ: प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सभामुख डीपी अर्यालले सदन १५ मिनेटका लागि स्थगित गरेका हुन्।
संसद्मा प्रधानमन्त्रीको उपस्थिति खोज्दै विपक्षी दलहरूले सदन अवरुद्ध गरेका हुन्।
सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे आज प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने सम्भावित कार्यसूची रहे पनि उनले आफ्नो सट्टा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई जवाफ दिन कार्यभार सुम्पिएका थिए।
प्रधानमन्त्री शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका हुन्।
श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री राजीनामा माग गर्दै बैठकबाट बाहिरिएका छन्।







