काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ कोषाध्यक्षमा मनोनीत भएका छन्। पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई शुक्रबार कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन्।
कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
शेरबहादुर देउवा पार्टी सभापति हुँदा पनि श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारी पाएका थिए। व्यवसायी श्रेष्ठको शिक्षा, होटल र उत्पादनमूलक क्षेत्रमा लगानी रहेको छ।


