काठमाडौँ- चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेका छन्। गत चैतसम्म ४८ अर्ब ७० करोड नाफा कमाएका बैंकहरुले वैशाख महिनामा ८ अर्ब ४५ करोड नाफा थप गरेका छन्।
गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भने बैंकहरुको नाफा २ प्रतिशतले घटेको छ। गत वर्षको वैशाखसम्ममा बाणिज्य बैंकहरुले ५८ अर्ब ३३ करोड खुद नाफा आर्जन गरेका थिए।
यस अवधिसम्म सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ। नबिल बैंकले यस अवधिमा ६ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। दोस्रो धेरै नाफा कमाउने बैंक ग्लोवल आईएमई बैंकले ५ अर्ब ३४ करोड नाफा गरेको छ। तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकले ४ अर्ब ३९ करोड खुदा नाफा गरेको छ। यसैगरी राष्ट्रिय बाणिज्य बैंकले ४ अर्ब ५ करोड नाफा गरेको छ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले करिब ३ अर्ब ९० करोड, एनमबि बैंकले करिब २ अर्ब ९८ करोड, प्राइम कर्मियसल बैंकले करिब २ अर्ब ८० करोड, स्टाण्डर्ड चार्टर्ड बैंकले करिब २ अर्ब ७९ करोड, हिमालयन बैंकले २ अर्ब ६४ करोड, प्रभु बैंकले २ अर्ब ३१ करोड, नेपाल एसविआई बैंकले २ अर्ब खुद नाफा कमाएका छन्।
यसैगरी कुमारी बैंकले १ अर्ब ८१करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ५६ करोड, लक्ष्मी बैंकले १ अर्ब ४६ करोड, सिटिजन्स बैंकले १ अर्ब ४३ करोड र सनराइज बैंकले १ अर्ब ३७ करोड मुनाफा गर्न सफल भएका छन्। यस अवधिमा सबैभन्दा कम नाफा कृषि विकास बैंकले गरेको छ। बैंकले वैशाखसम्म एक अर्ब २२ करोड रुपैयाँ मात्रै कमाएको छ।


