काठमाडौँ- भिभोले वाई ३६ स्मार्टफोन छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। उक्त स्मार्टफोन उत्कृष्ट र यूनिक डिजाइनमा आउने कम्पनीले जनाएको छ। जसले बजारमा राम्रो छाप छोड्ने कम्पनीले विश्वास लिएको छ।
वाई-३६ ले फोटोग्राफीलाई परिभाषित गर्दै अद्भूत क्यामेरा अनुभव प्रदान गर्ने बताइएको छ। डिजिटल कन्टेन्ट क्रियटर र फेशनप्रति रुची भएका व्यक्तिहरुको आवश्यकतालाई मध्यनजर गर्दै वाई३६ उनीहरुका लागि लक्षित गरेर बनाइएको कम्पनीको दावी छ। वाई-३६ मास्लिक डिजाइन र राम्रो पर्फमेन्सको सहित संयोजन रहेकाले टेकप्रति रुची राख्नेहरुका लागि उपयोगी हुने बताइएको छ।
नेपाली बजारमा सार्वजनिक हुन लागेको भिभो वाई-३६ स्मार्टफोनमा फ्यान्सिफ्रेम र क्रिस्टल ग्लासको सुविधिा राखिएको छ। यस फोनमा गोल्डेन रिपलप्रोसेसले अद्भूत टेक्सचर थपेको छ। २.५डी फ्ल्याट फ्रेमका कारण फोनलाई सहजै पक्डिन सकिन्छ। यो स्मार्टफोन दुई–मेटिअर ब्ल्याक र भाइब्रेन्ट गोल्ड भेरियन्टमा उपलब्ध छ।
रियूमरका अनुसार वाई३६ मा स्न्याप ड्रेगन ६८० प्रोसेसर आउँनेछ, यो स्मार्टफोनले प्रभावशाली गति र दक्षताप्रदान गर्ने अपेक्षा गरिएको छ। यतिमात्रहोइन, वाई३६ मालामो समयसम्म टिक्ने ५००० एम एएच ब्याट्री, चार्जिङका लागि ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजी रहनेछ।
वाई३६मा तस्वीरहरु खिच्नकालागि ५० एमी एचडीको प्रमुख क्यामेरा रहनेछ। साथै सेल्फीका लागि १६ एमपी एचडी पोट्र्रेट क्यामेराका साथ प्रोफेश्नलहरुले जस्तै सजिलै सेल्फ–पोट्र्रेट पनि सुविधा उपलब्ध हुनेछ।


