२०८३ कार्तिक १२ गते बुधबार

अमेरिकासँग मिलेर सम्झौताको खाका तयार गर्न इरान सहमत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १०
iran_us

तेहरान,एएफपी। इरानले शनिबार अमेरिकासँग सम्झौताका लागि १४ बुँदे ढाँचालाई अन्तिम रूप दिइरहेको बताएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै भने, “हाम्रो उद्देश्य सबैभन्दा पहिले १४ वटा बुँदाहरू मिलाएर एक प्रकारको सम्झौताको खाका तयार पार्नु हुनेछ।”

इरानी अधिकारीहरूले अमेरिकासँगको वार्तामा तेहरानले द्रूत सफलताको कम अपेक्षा गरेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले तेहरान र वासिङ्टनबीचको मध्यस्थतामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको बताउनुभएको छ।

विदेशमन्त्री बकाईले भने, “वाशिङ्गटनसँग ‘मेलमिलापको लागि’ सम्झौताको बाटो अवलम्बन गर्न इरान तयार हुने तर ‘यसको मतलब तेहरान र अमेरिका विवादित महत्त्वपूर्ण मुद्दाहरूमा सहमतिमा पुग्नेछन् भन्ने भने होइन।”

इरानको यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी शान्तिका लागि गरिएका प्रयास सफल हुन नसके आक्रमण गर्ने चेतावनीका बीच आएको हो।

शान्तिवार्तालाई मध्यस्थता गर्न इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबीच पश्चिम एसियामा तनाव कम गर्ने जारी प्रयासस्वरूप भएको शुक्रबार भएको बैठकपछि इरानको धारणा सार्वजनिक भएको हो।

यसअघि, दुई नेताबीच शुक्रबार राति अबेरसम्म भएको वार्तामा मध्यपूर्वको सुरक्षा अवस्था, इरान द्वन्द्व र क्षेत्रीय स्थायित्वका विषयमा विस्तृत छलफल भएको बताइएको थियो।

बैठकमा यस क्षेत्रमा तनाव बढ्न नदिन चलिरहेको कूटनीतिक प्रयास र नयाँ पहलबारे पनि छलफल भएको इरानी समाचार एजेन्सी तस्निमले जनाएको छ।

भेटमा दुवै पक्षले पश्चिम एसियामा सुरक्षा र स्थिरता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएका बताइएको छ। पाकिस्तानले विगतमा पनि यस्ता छलफलसँग मेलमिलाप गर्ने प्रयास गरे पनि त्यसको कुनै परिणाम निस्कन सकेको छैन।

यसैबीच, मध्यपूर्व कूटनीतिमा सम्भावित सफलतालाई प्रकाश पार्दै हाल भारतको चार दिने आधिकारिक भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले राष्ट्रिय राजधानीस्थित अमेरिकी दूतावासमा आयोजित एक कार्यक्रममा इरानसँग शान्ति सम्झौताको दिशामा सक्रियरूपमा प्रगति भइरहेको खुलासा गरेका छन्।

शीर्ष अमेरिकी कूटनीतिज्ञले भने, “अहिले सक्रिय प्रयासहरू जारी छन्। त्यहाँ केही प्रगति भएको छ। अहिले तपाईंसँग मैले कुरा गरिरहँदासम्म त्यहाँ केही प्रगति भइरहेको जानकारी प्राप्त भएको छ।”

उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै भने, “राष्ट्रपति ट्रम्पले कुनै न कुनै तरिकाले मध्यपूर्व तनावलाई समाधान गर्न आवश्यक रहेको बताएका छन्।”

उनले भने, “यसको मतलब, इरानलाई आणविक हतियार उत्पादन गर्न दिने कल्पना गर्न नसकिने र इरानी जलमार्ग भएर हुने आवागमन र ढुवानीमा कुनै किसिमको शुल्क लिने प्रावधान बिना नै जलमार्गलाई सुचारू गरिनुपर्ने कुरामा हाम्रो अडान कायम रहने छ।”
–––

प्रकाशित: २०८३ जेठ १० गते आईतबार ०८:१८
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना