काठमाडौँ: सरकारले धानको न्युनतम मूल्य निर्धारण गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धानको न्युनतम मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको रु. ३ हजार ४१० प्रतिक्विन्टल र मध्यम धानको रु. ३ हजार ५८० प्रति क्विन्टल तोक्ने निर्णय भएको हो।


