२०८३ कार्तिक २१ गते शुक्रबार

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २१
rameshowre

काठमाडौं। चितवनको सौराहमा सञ्चालित पाँचतारे डिलक्स होटल रोयल टुलिप चितवन सञ्चालन गरिरहेको केटिएम हस्पिटालिटी तेस्रो वर्षमा प्रवेश गरेको छ।

२०८१ असार २५ गते पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको केटिएम हस्पिटालिटीले शुक्रबार काठमाडौंमा तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो।

वार्षिक साधारणसभाको अवसरमा होटलका अध्यक्ष रामेश्वर शाहले कम्पनीको बारेमा जानकारी गराएका थिए। उनले शेयरधनीहरुलाई कम्पनीको अवस्था र कम्पनीले अब गर्ने कामको बारेमा समेत जानकारी दिएका थिए।

उनले हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए। यो वर्षको पहिलो त्रैमासको दायित्व असोजमै बुझाएको उनले बताए।

सञ्चालनमा आएको छोटो समयमै आन्तरिक एवंम बाह्य पर्यटकहरुको आगमन राम्रो भएको र पर्यटन विभागले पनि पाँचतारे डिलक्स होटलको मान्यता दिएको जानकारी दिए।

परिक्षणकालको शुरुवातमै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनबाट तीनतारा (क) अतिउत्तम खाद्य स्वच्छता स्तर वर्गीकृत चितवनको पहिलो पाँचतारे डिलक्स होटल भएकोले पनि त्यस क्षेत्रमा पर्यटनको नयाँ आयाम थपिएको समेत उनले बताए।

यसै वर्षको शुरुवातमा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

साधारण सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको यस कम्पनीले आईपीओ जारीका लागि अन्तिम तयारीसमेत थालेको छ। धितोपत्र बोर्डमा दिएको निवेदन अनुमतिको चरणमा रहेको छ।

स्वीकृति पश्चात कम्पनीले एक सय रुपैयाँ अंकित दरमा १५ करोड ५० लाख रुपैयाँबराबरको कुल १५ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने छ।

राप्ती नदी समिप जनकौली र कुमरोज सामुदायिक वन नजिकै ४.१२ एकड क्षेत्रफलमा फैलिएको रोयल टुलिप चितवनमा ६५ वटा आधुनिक कोठा छन्। रिसोर्टमा रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब र हेलिप्याडलगायत रिभोल्भिङ रेस्टुरेन्ट समेतका सुविधा छन्।

उपलब्ध भएसम्मका स्थानीय निर्माण सामग्रीहरु जस्तै काठ–फर्निचर, ढुंगा टायल जुटको गलैंचा, काठमा गरेको पेन्टिङ, स्थानीय सजावका सामानहरु, मान्द्रो आदिको व्यापक प्रयोग गरिएको उक्त रिसोर्टमा नेपालीपन झल्काउने थुप्रै कुराहरु समेटिएका छन्।

यसको सञ्चालन अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स ग्रुपअन्तर्गतको रोयल टुलिप ब्रान्डसँगको व्यवस्थापकीय सम्झौताअनुसार भइरहेको छ। कम्पनीले सन २०२५ जुलाईदेखि रिसोर्टको सफ्ट ओपनिङ सुरु गरी हाल पूर्ण रूपमा सञ्चालनमा आएको छ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा नेपालको प्रमुख वन्यजन्तु पर्यटन गन्तव्य हो। रोयल ट्युलिप चितवनले चितवनलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटन बजारसँग थप जोड्ने र क्षेत्रको पर्यटन उद्योगमा सकारात्मक सन्देश दिने पर्यटन व्यवसायीहरूको अपेक्षा रहेको छ।

प्रकाशित: २०८३ कार्तिक २१ गते शुक्रबार ०८:५३
प्रतिक्रिया

थप समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा होटल व्यवसायीको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनको अनिश्चितताको असर होटल व्यवसायमा मात्र सीमित छैन। बैंकको ऋण तिर्न कठिनाइ, रोजगारीको अनिश्चितता र सुस्ताएको स्थानीय अर्थतन्त्रले समेत यसको मूल्य चुकाइरहेका छन्।

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना