२०८३ कार्तिक १६ गते आईतबार

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १६
oil_price

काठमाडौँः विश्वको कुल तेल भण्डारको झण्डै आधा हिस्सा मध्यपूर्वमा रहेको छ। सन् २०२५ को अन्त्यसम्मको तथ्यांकअनुसार मध्यपूर्वमा ८ खर्ब ७० अर्ब ९० करोड ब्यारेल तेल भण्डार रहेको छ। जुन विश्वको कुल भण्डारको ४८.३ प्रतिशत हो।

इनिको वल्र्ड इनर्जी रिभ्यु २०२६ मा आधारित तथ्यांकअनुसार सन् २०२५ को अन्त्यसम्म विश्वभर कुल १ हजार ८०२ अर्ब ५० करोड ब्यारेल तेल भण्डार रहेको छ। क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्।

विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात् ३ खर्ब ५४ अर्ब ८० करोड ब्यारेल तेल रहेको छ।

त्यस्तै, उत्तर अमेरिकामा १३.६ प्रतिशत अर्थात् २ खर्ब ४६ अर्ब ब्यारेल, रुस तथा मध्य एसियामा ८.१ प्रतिशत अर्थात् १ खर्ब ४५ अर्ब ८० करोड ब्यारेल र अफ्रिकामा ६.६ प्रतिशत अर्थात् १ खर्ब १९ अर्ब ८० करोड ब्यारेल तेल भण्डार रहेको छ।

एसिया–प्रशान्त क्षेत्रमा २.९ प्रतिशत अर्थात् ५२ अर्ब ६० करोड ब्यारेल र युरोपमा ०.७ प्रतिशत अर्थात् १२ अर्ब ६० करोड ब्यारेल तेल भण्डार रहेको छ।

मध्य तथा दक्षिण अमेरिकाको तेल भण्डारमा भेनेजुएलाको हिस्सा सबैभन्दा ठूलो छ। यस क्षेत्रमा रहेको कुल ३ खर्ब ५४ अर्ब ८० करोड ब्यारेलमध्ये भेनेजुएलासँग मात्रै ३ खर्ब ३ अर्ब ४० करोड ब्यारेल तेल भण्डार रहेको छ।

यो क्षेत्रको कुल भण्डारको करिब ८६ प्रतिशत हो। यससँगै भेनेजुएला विश्वकै सबैभन्दा धेरै तेल भण्डार भएको देश बनेको छ। यद्यपि, अत्यधिक गाढा कच्चा तेल उत्खनन गर्नुपर्ने अवस्था, आर्थिक समस्या र पूर्वाधारको चुनौतीका कारण भेनेजुएलाको तेल उत्पादन क्षमतामा असर परेको छ।

मध्यपूर्वमा साउदी अरेबियासँग २ खर्ब ६७ अर्ब २० करोड ब्यारेल, इरानसँग २ खर्ब ८ अर्ब ६० करोड ब्यारेल र इराकसँग १ खर्ब ४५ अर्ब ब्यारेल तेल भण्डार रहेको छ।

त्यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) सँग १ खर्ब १३ अर्ब ब्यारेल भण्डार छ। विश्वको करिब आधा तेल भण्डार रहेको मध्यपूर्व सन् २०२५ मा दैनिक करिब ३ करोड १० लाख ब्यारेल तेल उत्पादन गर्दै विश्वको दोस्रो ठूलो उत्पादक क्षेत्र बनेको थियो। यस क्षेत्रमा साउदी अरेबिया सबैभन्दा ठूलो उत्पादक रहेको छ।

उत्तर अमेरिकाको कुल २ खर्ब ४६ अर्ब ब्यारेल तेल भण्डारमध्ये क्यानडासँग मात्रै २ खर्ब १ अर्ब ३० करोड ब्यारेल रहेको छ। यो क्षेत्रको कुल भण्डारको करिब ८२ प्रतिशत हो।

क्यानडाको ठूलो तेल भण्डारको प्रमुख आधार तेल बालुवाबाट प्राप्त हुने कच्चा तेल हो। उत्पादनका हिसाबले भने उत्तर अमेरिका सन् २०२५ मा दैनिक ३ करोड १० लाख ब्यारेलभन्दा बढी तेल उत्पादन गर्दै विश्वकै सबैभन्दा ठूलो उत्पादक क्षेत्र बनेको थियो।

रुस तथा मध्य एसियामा रुस र काजाकिस्तान प्रमुख तेल भण्डार भएका देश हुन्। अफ्रिकामा लिबिया र नाइजेरियाजस्ता देशमा उल्लेख्य तेल भण्डार रहेको छ। अर्कोतर्फ, चीन र भारतजस्ता ठूला तेल उपभोक्ता रहेका एसिया–प्रशान्त क्षेत्रमा विश्वको कुल तेल भण्डारको २.९ प्रतिशत मात्रै रहेको छ।

युरोपमा भने विश्वको सबैभन्दा कम, अर्थात् ०.७ प्रतिशत तेल भण्डार छ। त्यहाँको तेल उत्पादनको ठूलो हिस्सा उत्तरी सागरका पुराना तेल क्षेत्रबाट आउने गरेको छ।

विश्वको कुल तेल भण्डारको करिब ६८ प्रतिशत मध्यपूर्व र मध्य तथा दक्षिण अमेरिकामा केन्द्रित छ। तेल भण्डारको यस्तो भौगोलिक एकाग्रताले यी क्षेत्रका राजनीतिक तनाव, द्वन्द्व, उत्पादनमा हुने परिवर्तन तथा आपूर्ति अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव पार्न सक्ने देखाउँछ।

तर, तेल भण्डार धेरै हुनु र उत्पादन धेरै हुनु फरक विषय हुन्। उत्खनन लागत, प्रविधि, पूर्वाधार, लगानी र बजारसम्मको पहुँचले पनि कुनै देशको वास्तविक तेल उत्पादन क्षमता निर्धारण गर्छ।

प्रकाशित: २०८३ कार्तिक १६ गते आईतबार ०८:०५
प्रतिक्रिया

थप समाचार

भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरूमा सतर्कता

एजेन्सी: भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ।  हिमतालबाट बाहिरिएको पानी संकोश नदीतर्फ...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना