काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ ।
बुक क्लोज हुनुअघि कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। प्रस्तावित लाभांश कम्पनीको सम्बन्धित साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ। यनिलिभर सबैंभन्दा बढी लाभांश दिने कम्पनी बन्दै आएको छ।


