२०८३ कार्तिक १६ गते आईतबार

‘भारतीय र चिनीयाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १६
vinayak_shah

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताएका छन्। पर्यटन क्षेत्रको सम्भावनाअनुसार पर्यटक भित्र्याउन हवाई कनेक्टिभिटी, सरकारी नीति र प्रवद्र्धनमा सुधार गर्नुपर्ने उनको भनाइ छ।

शाहका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख ४७ हजार पर्यटक आएका थिए। यो नेपाली होटल उद्योगले सेवा दिन सक्ने क्षमताको एक तिहाइभन्दा पनि कम हो। होटल क्षेत्रमा खर्बौं रुपैयाँ लगानी भए पनि पर्यटकको संख्या अपेक्षाअनुसार नबढ्दा त्यसको पूर्ण उपयोग हुन नसकेको उनले बताए।

‘हामी भारत र चीनको बीचमा छौं। दुवै देशका करोडौं नागरिक बिदा मनाउन विदेश जान्छन्। उनीहरूमध्ये केही प्रतिशतलाई मात्रै नेपाल ल्याउन सके पनि पर्यटनबाट ठूलो आर्थिक लाभ लिन सकिन्छ,’ शाहले भने।

उनका अनुसार पर्यटन क्षेत्रको विकासले होटल उद्योगलाई मात्रै नभई कृषि, यातायात, बैंकिङ, हवाई सेवा र अन्य व्यवसायलाई समेत लाभ पुर्याउन सक्छ। यसका लागि सरकारले उपयुक्त नीति, कार्यक्रम, ऐन तथा कानुन बनाएर निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने उनले बताए।

शाहले पर्यटक आगमन बढाउन पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए। यी विमानस्थल निर्माण भएको तीन वर्ष बितिसक्दा पनि अपेक्षित रूपमा सञ्चालन हुन नसक्नु पर्यटन विकासको प्रमुख अवरोध भएको उनको भनाइ छ।

‘काठमाडौंको एउटा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै पर्यटकलाई सेवा दिइरहेका छौं। पोखरा र भैरहवा विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके भारत र चीनबाट मात्रै पनि लाखौं पर्यटक थप ल्याउन सकिन्छ,’ उनले भने।

उनका अनुसार पोखरामा सीमित अन्तर्राष्ट्रिय उडान सुरु भए पनि थप अन्तर्राष्ट्रिय सेवा विस्तार गर्न आवश्यक छ। राष्ट्रिय ध्वजावाहकको सेवा विस्तार र क्षेत्रीय हवाई सम्पर्क विकास गर्न सके पर्यटनबाट देशले थप लाभ लिन सक्ने उनले बताए।

नेपालमा पर्यटक बढाउन हवाई सेवा मात्रै पर्याप्त नहुने भन्दै शाहले सडक सञ्जालको स्तरोन्नतिलाई पनि प्राथमिकता दिनुपर्ने बताए। पोखरा, चितवन र लुम्बिनीलगायत पर्यटकीय गन्तव्य जोड्ने राजमार्गको निर्माण तथा स्तरोन्नति छिटो सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।

युरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई आफ्नो हवाई सुरक्षा सूचीमा राखेकाले युरोपेली पर्यटकको आवागमनमा समेत समस्या रहेको उनले उल्लेख गरे। पर्यटनसँग सम्बन्धित निकायमा रहेका समस्या समाधान गरी राष्ट्रिय रणनीति र कार्ययोजनाका आधारमा अघि बढ्नुपर्ने उनले बताए।

सीपयुक्त जनशक्तिको अभाव

नेपालमा अन्तर्राष्ट्रिय होटल ब्रान्डको उपस्थिति बढ्दै गए पनि दक्ष जनशक्तिको अभाव रहेको शाहले बताए। उनका अनुसार नेपालमा करिब चार दर्जन अन्तर्राष्ट्रिय होटल ब्रान्ड सञ्चालनमा छन्। नेपाली होटलले विश्वस्तरको सेवा दिन सक्ने भए पनि होटल व्यवस्थापन तथा आतिथ्य सत्कारसम्बन्धी तालिम लिएका जनशक्ति विदेश जाने क्रम बढेको उनले बताए।

‘हामीले नेपालमै तालिम दिएका जनशक्ति विदेश गइरहेका छन्। अर्कोतर्फ, होटलमा आवश्यक जनशक्ति नपाउँदा विदेशी कामदार ल्याएर काम गर्नुपर्ने अवस्था छ,’ उनले भने। जनशक्तिलाई स्वदेशमै टिकाउन सरकारी नीतिमा सुधार गर्नुका साथै नेपाल र विदेशमा काम गर्दा पाइने सेवा–सुविधाबारे पर्याप्त श्रम सूचना उपलब्ध गराउनुपर्ने उनको सुझाव छ।

पर्यटकको बसाइ लम्ब्याउने गतिविधिमा ध्यान दिनुपर्छ

शाहले नेपालमा पर्यटकको बसाइ अवधि बढाउन परम्परागत पर्यटकीय गन्तव्यसँगै नयाँ गतिविधि र अनुभव विकास गर्नतर्फ ध्यान दिनुपर्ने बताए। उनका अनुसार काठमाडौं, चितवन, पोखरा र केही हिमाली क्षेत्रमै पर्यटक सीमित भइरहेका छन्। सातै प्रदेशका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरी पर्यटकलाई देशका विभिन्न भागमा पुर्याउन आवश्यक छ।

‘हामीसँग सयभन्दा बढी सम्भावनायुक्त पर्यटकीय गन्तव्य छन्। ती गन्तव्यसम्म पर्यटक पुर्याउन सक्नुपर्छ,’ उनले भने। ट्रेकिङ, पर्वतारोहण, वेलनेस पर्यटन, खेल पर्यटन, विवाह पर्यटन, आध्यात्मिक पर्यटन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई पर्यटनका थप सम्भावनाका रूपमा उनले औंल्याए। यस्ता गतिविधि विस्तार गर्न सके पर्यटकको बसाइ लम्बिने र उनीहरूको खर्च बढ्ने उनको भनाइ छ।

सरकारले सन् २०२७ लाई ‘नेपाल अन्तर्राष्ट्रिय वेलनेस पर्यटन वर्ष’ घोषणा गरेको उल्लेख गर्दै शाहले यसलाई सफल बनाउन निजी क्षेत्रले काम गरिरहेको बताए। नेपालको प्राकृतिक वातावरण, जडीबुटी, योग, ध्यान तथा पूर्वीय ज्ञानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न सके वेलनेस पर्यटनबाट लाभ लिन सकिने उनले बताए।

दिगो पर्यटनमा जोड

शाहले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै वातावरणमैत्री पर्यटन विकास गर्नुपर्ने बताए। नेपालमा हुने विपद् तथा प्रतिकूल मौसमसम्बन्धी समाचारले पर्यटकको निर्णयमा प्रभाव पार्न सक्ने भएकाले जोखिम व्यवस्थापन र सूचनाको विश्वसनीयता पनि महत्त्वपूर्ण हुने उनको भनाइ छ। उनका अनुसार नेपालले पर्यटनको सम्भावनाअनुसार लाभ लिन राष्ट्रियस्तरको स्पष्ट कार्ययोजना बनाउनुपर्छ।

हवाई तथा सडक कनेक्टिभिटी विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, नयाँ पर्यटकीय गतिविधिको विकास र सरकारी–निजी क्षेत्रको सहकार्यबाट पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउन सकिने उनले बताए।

प्रकाशित: २०८३ कार्तिक १६ गते आईतबार ०९:५६
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना