२०८३ कार्तिक १२ गते बुधबार

परालको आगो र लालीबजारले १० करोड माथि व्यापार गर्दा अन्य चलचित्रको अवस्था कमजोर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ११
Film-Board_nepal

काठमाडौां। चलचित्र विकास बोर्डले चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्स अफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको यही जेठ ९ गते शनिबारसम्मको व्यावसायिक विवरण आज सार्वजनिक गरेको हो।

सार्वजनिक तथ्याङ्कअनुसार लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्र ‘परालको आगो’ ले चार करोड २७ लाख ५३ हजार रुपैयाँ कमाइ गरेको छ। सुशील पोखरेलले निर्माण गरेको उक्त चलचित्रका लागि एक लाख ५३ हजार ९२५ टिकट बिक्री भएका छन्। गत वैशाख ११ गतेदेखि प्रदर्शन भएको उक्त चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारीलगायतका कलाकारले अभिनय गर्नुभएको छ।

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ ले गत शनिबारसम्म पाँच करोड ७६ लाख ३९ हजार रुपैयाँ कमाई गरेको छ। उक्त चलचित्रका लागि कूल एक लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन्।

गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा पाएको सफलताले उत्साहित भएको कार्यकारी निर्माता प्रदीप भट्टराईले जानकारी दिए।

उनले भने, “हामीले घरेलु दर्शकबाट पाएको मायाले कृतज्ञ भएका छौँ। यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरञ्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, दर्शकले रुचाउनुभयो। आगामी दिनमा हामीलाई यस किसिमका सामाजिक विषयमा चलचित्र निर्माण गर्न हौसला प्राप्त भएको छ।”

उनका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन्। उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ।

गत वैशाख २५ गतेदेखि नै प्रदर्शनरत नेपाली चलचित्र ‘मालती मङगले’ ले ५१ लाख ६३ हजार रुपैयाँ मात्र व्यापार गरेको छ। उक्त चलचित्रका लागि कूल १६ हजार १३७ टिकट बिक्री भएका छन्। गायक रामकृष्ण ढकालले निर्माण गर्नुभएको उक्त चलचित्रमा वर्षा राउत, विजय बराल, मेक्सम गौडेललगायतका कलाकारले अभिनय गरेका हुन्। प्रकु पाण्डेयले निर्देशन गर्नुभएको उक्त चलचित्रले घरेलुबजारमा राम्रो कमाइ गर्न सकेको छैन।

वैशाख २५ मै प्रदर्शन भएको तेस्रो चलचित्र ‘गुरु आमा’ ले २९ लाख ४२ हजार ५७६ व्यापार गरेको छ। उक्त चलचित्रका लागि कूल नौ हजार ३२७ टिकट बिक्री भएका छन्। प्रेम सोनी सुनारले निर्देशन गरेको उक्त चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, ध्रुब कोइराला, उत्तम केसी, गिरीबहादुर पुनलगायतका कलाकारले अभिनय गरेका छन्।

गत जेठ १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ ले पाँच लाख २१ हजार रुपैयाँ कमाइ गरेको छ। सहारा शर्माले निर्देशन गरेको उक्त चलचित्रका लागि कूल एक हजार ५०५ टिकट बिक्री भएका छन्। उक्त चलचित्रमा अभिनेत्री आँचल शर्मा, सहयोग अधिकारी, उषा रजक, निशा शर्मालगायतले अभिनय गरेका छन्।

गत जेठ १ मै प्रदर्शन भएको चलचित्र ‘लाइफ ड्यामेज’ ले २८ लाख ४६ हजार रुपैयाँ कमाइ गरेको छ। निमेष श्रेष्ठले निर्देशन गरेको उक्त चलचित्रका लागि कूल नौ हजार २४१ टिकट बिक्री भएका छन्। ‘फेन्टासी कमेडी ड्रामा’मा निर्माण गरिएको उक्त चलचित्रमा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीशजङ्ग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूले अभिनय गर्नुभएको छ।

चलचित्र विकास बोर्डले प्रत्येक सोमबार नेपाली चलचित्रले गरेको कमाइको विवरण सार्वजनिक गर्ने गरेको छ।

प्रकाशित: २०८३ जेठ ११ गते सोमबार ०६:०५
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना