काठमाडौँ: गायक सुरज श्रेष्ठ र गायिका अन्नु चौधरीको स्वरमा रहेको नयाँ नेपाली गीत ‘माया प्यारो भो’ सार्वजनिक गरिएको छ। प्रेमिल विषयवस्तु समेटिएको यस गीतमा शब्द रचना प्रल्हाद सुवेदीले गरेका छन् भने संगीत स्वयं सुरज श्रेष्ठले दिएका छन्।
गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका हुन्। गीतको रेकर्डिङ गोविन्द अनेकले गरेका छन् भने प्रि–मिक्सिङ कमल थापा र मिक्सिङ तथा मास्टरिङ श्यास्वेत रसाइलीले गरेका छन्। गीतको रेकर्डिङ प्रिज्मा स्टुडियोमा सम्पन्न भएको हो।
सांगीतिक पक्षलाई थप आकर्षक बनाउन भुवन गन्धर्वले मादल, तबला र मड्का, रत्न बी.के.ले बाँसुरी तथा सञ्जीव बराइलीले गितार बजाएका छन्। गीत निर्माणमा अमेरिका निवासी गायक सुरेन गौतम र गीतकार अरुणा रुम्बाले सल्लाहकारको भूमिका निर्वाह गरेका छन्।
गीतको भिडियो कुमार केसीको निर्देशनमा तयार गरिएको हो। भिडियोमा गायक सुरज श्रेष्ठसँगै मोडल आयेशा क्षेत्रीको अभिनय रहेको छ। छायांकन तथा ड्रोन सञ्चालन अजय रेग्मीले गरेका छन् भने सम्पादन र रङ संयोजन अमृत चापागाईंले गरेका छन्।


