२०८३ कार्तिक १३ गते बिहिबार

अफ्रिकामा रहेका नेपाली दूतावास नहटाउन ‘फिने अफ्रिका’को सरकारसँग आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २५
78910090-0a1c-491a-9f2f-1e67bb08aeab

काठमाडौँ: अफ्रिकी मुलुकहरूमा रहेका नेपाली दूतावासहरूको संख्या कटौती गर्ने वा पुनर्संरचना गर्ने नेपाल सरकारको तयारीप्रति अन्तर्राष्ट्रीय नेपाली युवा उद्यमी महासंघ (फिने) अफ्रिकाले गम्भीर चासो व्यक्त गरेको छ।

संस्थाका अफ्रिका क्षेत्रीय अध्यक्ष रामप्रसाद पाध्याद्वारा जुन ५ (जेठ २३ गते) मा जारी विज्ञप्तिमा सरकारको यो कदमले अफ्रिकामा रहेका नेपाली नागरिक, व्यवसायी र समग्र राष्ट्रिय हितमा प्रतिकूल असर पर्न सक्ने भन्दै उक्त निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले खर्च कटौती र दक्षता वृद्धिका लागि चालेको कदमलाई हामी बुझ्दछौँ, तर दूतावासहरू बन्द गर्दा त्यहाँ रहेका नेपाली उद्यमी र श्रमिकहरूले गम्भीर समस्या भोग्नुपर्ने हुन्छ। दूतावासहरूले कूटनीतिक सम्बन्ध मात्र नभई व्यापार सहजीकरण, लगानी प्रवर्द्धन, कानुनी सहायता र सामुदायिक सहयोगमा सेतुको भूमिका निर्वाह गरिरहेका छन्।’

अफ्रिकामा कूटनीतिक उपस्थिति घटाउँदा व्यापारिक सम्बन्ध कमजोर हुने र नेपालको अन्तर्राष्ट्रिय कूटनीतिमा समेत नकारात्मक असर पर्ने फिने अफ्रिकाको ठहर छ। विशेषगरी अफ्रिकी मुलुकमा कार्यरत नेपाली कामदार, विद्यार्थी र व्यवसायीहरूले कन्सुलर सेवाका लागि निकै समस्या झेल्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

फिने अफ्रिकाले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई कुनै पनि अन्तिम निर्णय लिनुअघि दीर्घकालीन प्रभावको मूल्याङ्कन गर्न, विदेशमा रहेका नेपाली समुदाय र व्यापारिक समूहहरूसँग छलफल गर्न र आवश्यक कूटनीतिक पहुँच कायम राख्दै खर्च कटौतीका अन्य वैकल्पिक उपायहरू खोज्न सुझाव दिएको छ।

अफ्रिकामा नेपालको दूतावास रहनु नेपाली नागरिकको सुरक्षा र देशको आर्थिक एवं वैश्विक हितका लागि अपरिहार्य रहेको अध्यक्ष पाध्याले बताएका छन्।

स्मरणीय छ, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने मुलुकहरूको शीर्षस्थानमा रहंदै आएको नेपालका अधिकांश शान्ति सैनिकहरू अफ्रिकी मुलुकहरूमा कार्यरत छन्। यस्तै, पछिल्ला केहि बर्षहरूमा तालीम, अध्ययन र रोजगारीको सिलसिलामा अफ्रिका पुग्ने नेपालीहरूको संख्या बढ्ने क्रममा रहेको छ।

अध्यक्ष पाध्या करिब दुई दशकदेखि अफ्रिकामा रहेर त्यहां नेपाल र नेपालीहरूको बढ्दो उपस्थिति, प्रभाव एवं त्यसबाट मुलुकको अन्तर्राष्ट्रीय छविमा परिरहेको सकारात्मक प्रभावलाई नजिकबाट नियाल्दै आएका छन्।

प्रकाशित: २०८३ जेठ २५ गते सोमबार ०१:०६
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना