काठमाडौँ: म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधिसभा सदस्य निर्वाचित महावीर पुन मन्त्री बन्ने भएका छन्। उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
स्रोतकाअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा पुनलाई आजै उक्त मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ।
हमन्त्रालयको नेतृत्वमा पुन: सुदन गुरुङ फर्किँदैछन्। सुदनसँगै पुनले पनि मंगलबार दिउँसो ३ बजे शपथ लिनेछन्।
पुन जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारमा शिक्षामन्त्री बनेका थिए। तर बीचमै राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए।


