२०८३ कार्तिक १२ गते बुधबार

तीन महिनापछि पहिलो पटक तेलको भाउ ब्यारेलको ८० डलर तल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ४
oil_price

लन्डन,एएफपी। अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि स्टे«ट अफ हर्मुज पुनःसञ्चालनमा आउने अपेक्षाले अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ।

अन्तरर्राष्ट्रिय ब्रेन्ट क्रुडमा कच्चा तेलको मूल्य चार प्रतिशतले घटेर प्रतिव्यारेल ७८ दशमलव २७ डलर कायम भएको छ। तीन महिनायता ब्रेन्ट तेलको मूल्य पहिलो पटक ८० डलरभन्दा तल झरेको हो।

यस्तै, अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य चार दशमलव पाँच प्रतिशतले घटेर प्रतिव्यारेल ७६ दशमलव ०८ डलरमा कायम भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डमा शुक्रबार अमेरिका र इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि स्टे«ट अफ हर्मुज पूर्ण रूपमा खुल्ने बताएका छन्।

फेब्रुअरीको अन्त्यतिर सुरु भएको अमेरिकी तथा इजरायली आक्रमणको प्रतिक्रियास्वरूप इरानले उक्त महत्वपूर्ण जलमार्गमा ट्यांकर आवतजावत प्रभावकारी रूपमा अवरुद्ध गरेको थियो्। यसले विश्व बजारमा तेल तथा ग्यास आपूर्तिमा दबाब सिर्जना गर्दै कच्चा तेलको मूल्य उच्चस्तरमा पुगेको थियो।

इरानी सञ्चारमाध्यमले पनि केही तेल ट्याङ्र तथा कार्गो जहाज उक्त मार्गबाट आवतजावत गरिसकेको जनाएका छन्।

ब्रोकर कम्पनी ट्रेड नेसनका वरिष्ठ बजार विश्लेषक डेभिड मोरिसनका अनुसार स्टे«ट अफ हर्मुज पुनःसञ्चालनमा आउनु कुनै पनि शान्ति सम्झौताबाट प्राप्त हुने सबैभन्दा तत्काल र सकारात्मक परिणाममध्ये एक हो। उनले भने “इरानले स्टे«ट अफ हर्मुज प्रयोग गर्ने जहाजमा कर लगाउने चेतावनी दिए पनि तेल बजारका सहभागीले आपूर्ति अवस्था क्रमशः सहज बन्दै गएको संकेत देखिरहेका छन्।”

विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने स्टे«ट अफ हर्मुज पुनःखुल्ने सम्भावनाले बजारमा आपूर्ति अवरोधको चिन्ता कम भएको र त्यसकै प्रभावस्वरूप तेलको मूल्यमा गिरावट आएको विश्लेषकको भनाइ छ।

अमेरिका र इरानबीच भएको शान्ति समझदारी तथा स्टे«ट अफ हर्मुजबाट तेल ढुवानी पुनःसञ्चालन हुने अपेक्षाले युरोपेली शेयर बजारमा वृद्धि भएको छ।

मंगलबार लन्डन, पेरिस र फ्रान्कफर्टका प्रमुख शेयर सूचकांक मध्यान्हसम्म करिब शून्य दशमलव पाँच प्रतिशतले बढेका थिए। विश्लेषकले अमेरिका–इरान तनाव कम हुने ससंकेत लगानीकर्ताको विश्वास बढाएको बताएका छन्।

अमेरिकी ऊर्जा विभागका अनुसार रणनीतिक तेल भण्डार गत साता सन् १९८३ यताकै न्यूनस्तरमा पुगेको छ। जसले आगामी दिनमा तेलको माग कायम रहने संकेत गरेको छ।

यस साता प्रमुख केन्द्रीय बैंंकहरुको मौद्रिक नीतिगत निर्णयमा पनि लगानीकर्ताको ध्यान केन्द्रित छ। अमेरिकी फेडरल रिजर्भ र बेलायतको बैंक अफ इङ्गल्याण्डले ब्याजदर यथावत् राख्ने अपेक्षा गरिएको छ।
उता, जापानको केन्द्रीय बैंकले ब्याजदर सन् १९९५ पछिकै उच्चस्तरमा पुर्याएको छ।
एसियाली बजारमा दक्षिण कोरियाको सियोल सेयर बजार करिब दुई प्रतिशतले बढेको छ।

प्रकाशित: २०८३ असार ४ गते बिहिबार ०८:१२
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना