काठमाडौं–सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौताअन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ।
सम्झौतानुसार बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउनेछ। बैंकले २०७४ देखि विपन्न महिलाको उपचारका लागि पाटन अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आएको छ। प्रत्येक नारी बचत खाताबापत बैंकका तर्फबाट मासिक रु.१ का दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ।
उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले बैंकले पाटन अस्पतालसँग सम्झौता गरेको हो। पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र बंैकका प्रमुख निक्षेप हेमराज सन्ज्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे। बैंकले हाल १३२ शाखा र १२२ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।
