२०८३ कार्तिक १३ गते बिहिबार

रास्वपालाई प्रदीप ज्ञवालीको सुझाव: गाडीमा एसेलेटरसँगसँगै ब्रेक पनि राखिएको हुन्छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ७
Pradeep Gyawali (2)

काठमाडौँ: नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सन्तुलनमा रहेर अघि बढ्न सुझाव दिएका छन्।

उनले गाडीमा एउटा एसेलेटरसँगसँगै ब्रेक पनि राखिएको भन्दै ब्रेक र एसेलेटरको समुचित सन्तुलन भएन भने एसेलेटर मात्रै थिच्दा दुर्घटना पनि हुन सक्ने बताए।

उनले रास्वपालाई जनमत राष्ट्र निर्माणको निम्ति सदुपयोग गर्न सुझाव दिए।

उनले भने–

राजनीतिक दलहरूका निम्ति महाधिवेशनका दुइटा अर्थ हुन्छन्। एउटा त्यसले राजनीतिक नेतृत्व चयन गर्छ र अर्को त्यसले राजनीतिक नीति, सिद्धान्त र कार्यदिशा तय गर्छ। नेतृत्वको हकमा सायद यहाँहरूको बीचमा कुनै दुबिधा छैन भन्ने म ठान्दछु। माननीय रवि लामिछाने ज्यू सर्वसम्मत ढङ्गले सभापति भई नै सक्नुभएको जस्तो हुन्छ, म उहाँलाई हार्दिक बधाई दिन चाहन्छु। त्यस्तै सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह पनि वरिष्ठ नेताको रूपमा सर्वसम्मत नै भइसक्नुभएको म ठान्दछु। अरू जो-जो साथीहरू या त सहमतिबाट या प्रतिस्पर्धाबाट निर्वाचित हुनुहुनेछ, मेरो हार्दिक शुभेच्छा छ।

सँगसँगै यो महाधिवेशनका सामु यो पार्टीको एउटा मार्गचित्र तयार गर्ने एउटा ऐतिहासिक अभिभारा छ भन्ने म ठान्दछु। राष्ट्रिय राजनीतिमा रास्वपा कहाँनिर उभिनेछ? यो प्रश्न सबैका सामु छ। किनभने एउटा राजनीतिक पार्टी निर्माणका लागि उसले लिने सिद्धान्त, उसले लिने कार्यदिशा, उसको पोलिटिकल फिलोसोफीको ज्यादै ठुलो महत्त्व हुन्छ। तपाइँहरू एउटा टर्निङ पोइन्टमा हुनुहुन्छ। आन्दोलनलाई सङ्गठनमा रूपान्तरित गर्ने र ठुलो रूपमा रवि लामिछाने ज्यू र बालेन्द्र शाहको प्रशंसकको रूपमा रहेको यो समूहलाई एउटा वैचारिक रूपमा स्पष्ट सङ्गठित शक्तिको रूप रूपान्तरित गर्ने यो महाधिवेशनको दायित्व छ भन्ने म ठान्दछु।

त्यसो हुँदा मलाई थाहा छैन राष्ट्रिय राजनीतिमा रास्वपा सेन्टरमा उभिन्छ या सेन्टर टु थोरै लेफ्ट ढल्किन्छ या थोरै राइट ढल्किन्छ, त्यो ठुलो कुरा भएन अथवा त्यो महत्त्वपूर्ण कुरा भएन। महत्त्वपूर्ण कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय, समावेशिता र सामाजिक मूल्यहरू— गरिखाने जनताका लागि पनि राज्य चाहिन्छ है, राज्य केवल हुनेखानेका लागि मात्रै होइन भन्ने एउटा उत्तरदायी राज्यको अवधारणा बोकेको त्यो बाटो तय गरोस्, मेरो धेरै-धेरै शुभकामना छ।

सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा असाधारण जनादेशसहित अहिले तपाइँहरू उपस्थित हुनुभएको छ। सम्भवतः अरू राजनीतिक दलहरूका लागि गएको चार वर्षमा तपाइँहरूले हासिल गर्नुभएका उपलब्धिहरूबाट सिक्नुपर्ने, तपाइँहरूले जसरी युवाहरूलाई जोड्नुभयो, आकर्षित गर्नुभयो, त्यसबाट सिक्नुपर्ने धेरै महत्त्वपूर्ण कुराहरू छन्। यो जनादेश अब भोलि एउटा सुदृढ लोकतन्त्र निर्माणका लागि कसरी रूपान्तरित हुन्छ, सिङ्गो देशले प्रतीक्षा गरिरहेको छ भन्ने म ठान्दछु। जनादेश प्राप्त गर्नु ज्यादै महत्त्वपूर्ण कुरा हो, चानचुने प्रयासले त्यो उपलब्धि हासिल हुँदैन, तर त्योभन्दा ठुलो कुरा त्यो जनादेशको सदुपयोग कसरी हुन्छ भन्ने कुरा चाहिँ बढी महत्त्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ।

विश्व राजनीतिमा जनादेशको सन्दर्भमा दुइटा रेफरेन्सहरूलाई प्रायः उल्लेख गरिन्छ। एउटा १९३३ मा जर्मनको संसद् राइस्ट्यागमा त्यहाँको नेसनलिस्ट सोसलिस्ट जर्मन वर्कर्स पार्टीले हासिल गरेको जनमत, र अर्को १९९४ मा दक्षिण अफ्रिकामा अफ्रिकन नेसनल कङ्ग्रेसले नेल्सन मन्डेलाको नेतृत्वमा प्राप्त गरेको जनादेश। यी दुइटा जनादेशको कसरी प्रयोग भयो या सदुपयोग भयो, हाम्रा निम्ति निकै महत्त्वपूर्ण रेफरेन्स हुन सक्छ भन्ने म ठान्दछु। र मलाई विश्वास छ राष्ट्रिय स्वतन्त्र पार्टीले इतिहासका गलत शिक्षाहरू होइन, यो जनादेशलाई राष्ट्र निर्माणको निम्ति, लोकतन्त्रको सुदृढीकरणको निम्ति, तपाइँहरूलाई मत दिने र मत नदिने पनि जनताको अनुहारमा उज्यालो ल्याउनका निम्ति सदुपयोग गर्न सक्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। त्यो शुभकामना पनि म दिन चाहन्छु।

त्यसो किन भनिरहेको छु भने— चुनाव, सरकार या लोकतन्त्रहरू मूलतः साधनहरू हुन्। साध्य चाहिँ जनताको श्रीवृद्धि र राष्ट्रको समृद्धि हो। त्यो साधनहरूको सदुपयोग मार्फत त्यो साध्य कति हासिल गर्न सकियो भन्ने कुरा ज्यादै महत्त्वपूर्ण हुन्छ र तपाइँहरूको काँधमा जुन असीम एउटा जनादेश छ, त्यो ठिक ढङ्गले सदुपयोग भएन भने त्यसले निम्त्याउन सक्ने जोखिम पनि उत्तिकै भयावह हुनेछ भन्ने कुरालाई पाइला-पाइलामा यहाँहरूले हेक्का राख्नुहुनेछ भन्ने म आग्रह गर्न चाहन्छु।

मैले यसो भनिरहँदा मैले दुई-तीनवटा कुरातिर ध्यानाकर्षण पनि गराउन खोजेको छु। भर्खरै माननीय रवि लामिछानेले मित्रराष्ट्र भारतको भ्रमण गरेर फर्किनुभएको छ। माननीय परराष्ट्र मन्त्री ज्यूले मित्रराष्ट्र भारत र चीनको भ्रमण गरेर फर्किनुभएको छ। यी भ्रमणहरूबाट उहाँहरूले अहिलेको भू-राजनीति, त्यो भू-राजनीति भित्रका जटिलताहरू र नेपाल जस्तो देशले अनिकालमा बीउ जोगाउनु, हुलचालमा जिउ जोगाउनु गर्दै बडो सतर्क भएर राष्ट्रिय हितको संरक्षण गर्नुपर्ने त्यो कम्प्लेक्सिटीलाई अवश्य पनि अनुभूत गर्नुभएको छ भन्ने म ठान्दछु। र तपाइँ र तपाइँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।

दोस्रो, सरकारले भर्खरै १०० दिन अझै पुरा गरेको छैन, ८० दिनको हाराहारीमा होला। आलोचना गर्न मन छैन र यो आलोचना गर्ने थलो पनि होइन, म तपाइँहरूलाई शुभकामना दिन आएको हुँ। तर पनि प्रारम्भिक केही निर्णयहरू, प्रारम्भिक केही गतिविधिहरूले केही प्रश्नहरू भने खडा गरेका छन्। तपाइँहरूले यो महाधिवेशनबाट ती प्रश्नहरूको जवाफ मलाई चाहिँदैन तर नेपाली जनतालाई… किनभने लोकतन्त्र भनेको स्वाभाविक हो, नियन्त्रण र सन्तुलनको व्यवस्था हो। यदि न्यायालयहरू कमजोर भए, यदि राष्ट्रपति संस्था कमजोर भयो, यदि संसद् कमजोर भयो, यदि आलोचनाका स्वरहरू कमजोर भए, यदि जनताका आलोचनाहरूलाई बेवास्ता गर्ने प्रवृत्ति तिर अगाडि बढियो र पारदर्शिता होइन अपारदर्शिता तिर गइयो भने स्वाभाविक छ त्यो जनमत सधैँभरि नरहन सक्छ। प्रारम्भिक दिनहरूले लोकतन्त्रलाई बलियो बनाउने तपाइँहरूकै बाचापत्रसँग मेल नखाने खालका कतिपय गतिविधिहरू भएका छन्। हामी चाहन्छौँ ती कुराहरू अपवाद बनुन् र आगामी दिनमा नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा नेपालको लोकतन्त्र सुरक्षित छ भन्ने कुरा एस्सोयर्ड हुने स्थिति बनोस्।

काम गर्न तीव्र हुटहुटी देखिन्छ, तर मेरो एउटै आग्रह छ— गाडीमा एउटा एसेलेटरसँगसँगै ब्रेक पनि राखिएको हुन्छ। ब्रेक र एसेलेटरको समुचित सन्तुलन भएन भने एसेलेटर मात्रै थिच्दा दुर्घटना पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राख्दै यहाँहरू अगाडि बढ्नुहुनेछ। म राष्ट्रिय स्वतन्त्र पार्टीको यो महाधिवेशन… तपाइँहरूको यो जनमत राष्ट्र निर्माणको निम्ति सदुपयोग होस्।

प्रकाशित: २०८३ असार ७ गते आईतबार ०५:४२
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना