लन्डन,सिन्ह्वा। स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाजहरू फसेका थिए।
ती जहाजहरु समुन्द्रमा फस्दा एक खर्ब २५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको थियो। बेलायती फाइनान्सियल टाइम्सले बुधबार बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदनलाई उदृत गर्दै यस्तो जानकारी दिएको हो।
एलियान्जका समुद्री प्रमुख जस्टस हेनरिकले बेलायती दैनिक फाइनान्सियल टाइम्सलाई महत्वपुर्ण जमार्गको बन्दले बिमा कम्पनीहरूका लागि जाँच केन्द्रहरूमा जोखिम वहनको ढाँचा परिवर्तन गरेकोसमेत जनाइएको छ।
अमेरिका र इरानबीच सम्झौता घोषणा भएर स्ट्रेट अफ होर्मुज खोल्ने निर्णय पछि ढुवानी यातायात बिस्तारै सहज भएको जनाइएको छ। आधिकारिक तथ्यांकले यस अघिकोे हप्तामा ६९ वटा जहाजहरू खाडीबाट बाहिर निस्किएको देखाएको छ।
जुन एक हप्ता अघि मात्र २४ वटा थिए। फेब्रुअरीमा द्वन्द्व भड्किए पछिको सबै भन्दा बढी साप्ताहिक ढुवानीको मात्रा यहि भएको जनाइएको छ।
द्वन्द्वका कारण गम्भीर हताहतका कारण मानविय क्षती र आर्थिक नोक्सान हुनुका साथै लामो समयसम्म समुन्द्र क्षेत्रमा रहनु परेकाले चालक दलका सदस्यहरुमा संकट ल्याएको जनाइएको छ।
अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका अनुसार द्वन्द्वका कारण १४ जना डुङ्गा चालकहरुको मृत्यु भएको छ। यसबीचमा ४० वटा भन्दा बढी जहाजहरूमा क्षेप्यास्त्र आक्रमण भएको छ।


